अब सार्वजनिक यातायात जोरबिजोर प्रणालीका आधारमा चल्न पाउने

आज रातिबाट जारी निषेधाज्ञाको अवधि सकिन लागेको बेला काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप र काठमाडौ उपत्यकामा जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय गरेको छ । सो कुराको जानकारी ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । भोलिदेखि लागु हुने गरि उपत्यकामा २५ सिट […]

सर्वोच्चमा संसद विघटनविरुद्ध रिटको  सुनुवाइ सकियो

प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दिएका १ सय ४६ सांसदका तर्फबाट सुरुवाती सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार रिट निवेदक सांसदका कानुन व्यवसायीको बहस सकिएको हो । विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सोमबारबाट सुरु हुने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलासमा जानकारी दिए […]

७७ जिल्लामा गृहको परिपत्र: आर्थिक गतिविधि चलायमान हुने गरी पूर्वतयारीमा लाग्न निर्देशन

रासस, गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हाले लगत्तै उनकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै कोभिड–१९ नियन्त्रणमा […]

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश 

सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नर्गन अन्तरिम आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त आदेश भएको हो । आदेशमा विवादित अध्यादेश पछि संघीय संसदबाट पारित हुन नसकेको स्थितिमा सो आदेश बमोजिम वितरित नेपाली नागरिकताको प्रमाणपत्रको विषयमा कानुनी जटिलता हुने उल्लेख छ । nagarita

ढुङ्गागिट्टी उत्खनन गर्ने पाँच टिपर नियन्त्रणमा

अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरेको भन्दै प्रहरीले सिरहाको गोलबजार नगरपालिका–९ बाट पाँच टिपर नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिकामा बुझाएको छ । चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका टिपर आवश्यक कारवाहीका लागि नगरपालिकालाई बुझाइएको जानकारी इलाका प्रहरी […]

माानव अधिकार आयोगले भन्यो-स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याऊ 

राष्ट्रिय मानव अधिकार आयोगले बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध जनाएको छ । आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले शुक्रबारु नै भेरी अस्पतालको स्थलगत अनुगमन पनि गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा शुक्रबार विज्ञप्ति जारी गरी घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, यस प्रकारको कार्यको पुनरावृत्ति हुन नदिने […]

उपत्यकामा खाद्यान्‍न पसल पनि बन्द, सवारी पास खारेज

उपत्यकामा निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयको आज बसेको संयुक्त बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै यो अवधिमा खाद्यान्‍न पसल पनि बन्द गर्ने निर्णय गरेको छ । हरियो सागसब्जीको हकमा भने बिहान ९ बजेसम्म पसल खोल्न पाइने निर्णय भएको छ । विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधनलाई […]

संविधानमा भएको व्यवस्था अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ? महान्यायाधिवक्ताको प्रश्न

महान्यायाधिवक्ता रमेश बडालले संविधानमा भएको व्यवस्था जस्ताको तस्तै अध्यादेशमा आउँदा कसरी राष्ट्रघात भयो भनेर प्रश्न गरे । सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशबारे प्रश्न उठेपछि सोमबार पत्रकार सम्मेलन गरेका महान्यायाधिवक्ता वडालले संविधान कार्यान्वयनका लागि अध्यादेश ल्याएको बताए । तर केही पूर्व सांसदले समेत राष्ट्रघात भयो, फिजिकरण गर्न खोजियो भनेर विरोध गरेको भन्दै बडालले प्रश्न गरे, संविधानको धारा […]

राष्ट्रपतिले नयाँ सरकार गठनको लागि गरेको आह्वानविरुद्ध सर्वोच्चमा रिट

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न संविधानको धारा ७६(५) अनुसार गरेको आह्वान संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट पुगेको छ । अधिवक्ता सन्तोष भण्डारीलगायतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र स्वयम् प्रधानमन्त्री ओली समेतलाई विपक्षी बनाएर रिट दायर गर्नका लागि अदालतमा पेश गरेका हुन् । रिटमा साथै राष्ट्रपतिको आह्वानले संविधानको उल्लंघन भइ […]

आचारसंहिता उल्लंघनमा प्रधानमन्त्री ओलीलाई कारबाही गर : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव जोखबहादुर महराले प्रधानमन्त्रीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको भन्दै कारबाहीका लागि निर्वाचन आयोगलाई आग्रह गरेका हुन् । प्रचण्डको सचिवालयले बुधबार साँझ […]