एएफसी फुटबलः आज नेपालले कुवेतसँग खेल्ने

काठमाडौंः जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो । नेपाली टोलीले शुरुआतमा कमजोर खेल प्रदर्शन गरेको थियो । भदौ २८ गते पहिलो खेलमा नेपाल […]

जुम्बा प्रतियोगिताको उपाधि भिआरलाई

मध्यपुरठिमीः जिल्लामै पहिलोपटक आयोजना गरिएको उपत्यकास्तरीय खुला जुम्बा प्रतियोगिताको उपाधि ‘भीआर फिटनेश’ले जितेको छ । प्रतियोगितामा ‘अल्टिमेट फिजिकल फिटनेश मध्यपुर’ले फस्ट रनर अप तथा ‘स्टार जुम्बा इमाडोल’ले सेकेण्ड रनर अपको उपाधि जितेका छन् । उपाधि विजेता भीआरले रु २५ हजार, फस्ट रनर अप अल्टिमेटले रु १५ हजार तथा सेकेण्ड रनर अप स्टार जुम्बाले रु पाँच […]

यू–१९ एशिया कप क्रिकेटः ؘनेपाल बङ्गलादेशसँग पराजित

काठमाडौंः श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशले नेपाललाई छ विकेटले हराएको हो । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरको खेलमा आठ विकेट गुमाउँदै २६१ रन बनायो । दुई सय ६२ रनको […]

इंग्लिस प्रिमियर लीगको नयाँ सिजन आजबाट

एजेन्सी इंग्लिस प्रिमियर लीगको नयाँ सिजन आजबाट सूरु हुँदै छ। प्रतियोगिताको उद्घाटन खेलमा गत संस्करणको उपविजेता रहेको लिभरपुलले नर्विच सिटीसँग प्रतिष्पर्धा गर्दै छ।  लिभरपुल गत सिजन एक अंकले पछि रहँदे उपाधि म्यानचेष्टर सिटीलाई सुम्पिन बाध्य भएको थियो। यद्यपी उसले च्याम्पियन्स लीगमा टोटेनहमलाई हराएर आफ्नो ऐतिहासिक सिजनको अन्त गरेको थियो। क्लोपसले गतवर्ष आफ्नो लागि एतिहासिक रहेको […]

मलेसियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई स्वर्ण, दुई रजत

मलेसियाको राजधानी क्वालम्पुर सम्पन्न इन्टरनेशनल तेक्वान्दो च्याम्पियन प्रतियोगितामा नेपालले दुई स्वर्ण, दुई रजत र एक कास्य पदक प्राप्त गरेको छ। क्वालम्पुरको जुएरा मैदानमा साउन १७ देखि सुरु भएको प्रतियोगितामा नेपालसहित जापान, कोरिया, चीन, ब्राजिललगायत देशको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालले गिरोगीतर्फ रीमा खत्री ९३६ केजी०ले स्वर्ण पदक हात पारिन्। त्यस्तै, आयुष ढुङ्गेल ९३८ केजी०ले […]

फिफा महिला विश्वकपस् अब ३२ राष्ट्रले सहभागि हुन पाउने

फिफा महिला विश्वकपमा अब ३२ राष्ट्रले सहभागिता जनाउन पाउने भएको छन् । पछिल्लो दुई संस्करणमा २४ राष्ट्रले मात्र सहभागीता जनाउँदै आएको थियो ।अब भने ३२ राष्ट्रले प्रतियोगितामा सहभागिता जनाउने पाउने भएका छन् । सन् १९९१ को पहिलो संस्करणमा १२ ओटा राष्ट्रको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाको परिषद्ले सहभागी राष्ट्रको संख्या बढाउने […]

नेयमारविरुद्ध लागेको बलात्कार मुद्दा स्थगित

काठमाडौं – ब्राजिली फूटबल खेलाडी नेयमारविरुद्ध लागेको बलात्कारको आरोपसम्बन्धी मुद्दालाई प्रहरीले स्थगित गरेको बताएको छ । साओ पाउलोस्थित महान्यायाधिवक्ताको कार्यालयले प्रमाणको अभाव भएका कारण मुद्दा स्थगन गरिएको तर अभियोजनकर्ताहरूलाई अन्तिम निर्णयका लागि पठाइने बताएको छ । ब्राजिली मोडल नाजिला ट्रिनडाडेले मे महिनामा फ्रान्सको पेरिसमा आफूलाई नेयमारले आक्रमण गरेको आरोप लगाएकी थिइन् । नेयमारले यी आरोपको […]

आईसीसी विश्वकप क्रिकेट : छनोटको अन्तिम खेलमा नेपाल सिंगापुरसँग पराजित

काठमाडौं, आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट एसियाली छनोटको अन्तिम खेलमा नेपाल सिंगापुरसँग ठुलो अन्तरले पराजित भएको छ। सिंगापुरको इन्डियन एशोसियसन मैदानमा आज भएको खेलमा नेपाल सिंगापुरसँग ८३ रनको ठुलो अन्तरले पराजित भयो। नेपालका लागि ओपनर कप्तान पारस खड्का १२ रन बनाएर आउट भए भने उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाए। नेपालको पालीमा दिपेन्द्रसिंह ऐरीले २३ रन […]

कुवेतमाथि नेपालको शानदार जित ग्लोबल छनोटमा पुग्ने आशा कायमै !

पर्बत , नेपालले विश्व ट्वान्टी–२० एसिया छनोटमा शनिबार कुवेतलाई ७ विकेटले पराजित गरेको छ । यससँगैं नेपालको ग्लोबल छनोटमा पुग्ने आशा पनि यथावत नै रहेको छ । कप्तान पारस खड्काले चोटलाई पन्छाउदैं पुनरागमन गरी सानदार इनिङ्स खेल्दै नेपाललाई विजय दिलाएका हुन् । सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। नेपालको ३ खेलमा ४ अंक छ। सिंगापुर ३ […]

आईसीसी टी–ट्वेन्टी : मलेसियामाथि नेपालको जित

काठमाडौं, सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा नेपालले मलेसियामाथि ७ विकेटले जित हात पारेको छ । मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । निर्धारित समयमा वर्षाका कारण खेल सुरु हुन नसकेपछि ९ ओभरमा छोट्याइएको हो । नेपालको जितका लागि कप्तान […]