जसपाको बैठकमा मन्त्री चयनबारे छलफल, चर्चामा क-कसको नाम ?

जनता समाजवादी पार्टी नेपाल (जसपा)मा देउवा सरकारमा सहभागी हुने मन्त्रीबारे चर्चा सुरु भएको छ । पार्टी कार्यालयदेखि नेताको निवाससम्म नेता तथा कार्यकर्ताको चहल पहल बढेको छ । आज बिहानैदेखि सो पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई मन्त्री चयनको विषयमा छलफलमा लागेका थिए भने केही नाम प्रस्ताव गरेर […]

शुरूआतमै देउवाको ‘अक्षम्य भूल’

संसदीय व्यवस्था भएका मुलुकहरूमा मन्त्री छनोट गर्ने प्रधानमन्त्रीको स्वविवेकीय अधिकार हो । तर, ‘जनादेश’ नभई ‘परमादेश’ले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएका हुन् भनेर सरकारबाट भर्खरै मात्र बहिर्गमन भएको एमालेको एउटा ‘फ्याक्टर’ले आरोप लगाइरहेकै छ । यही समय देउवा सरकारले शुरुआती समयमै ‘अक्षम्य भूल’ गर्न थालेबाट देउवाको आलोचना चुलिएको छ । कांग्रेससँग भन्दा देउवा […]

पूर्वमाओवादीका चार नेताको रिट कार्कीको इजलासमा

१४ साउन, काठमाडौं । माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेपछि सांसद पद गुमाएका चार नेताहरुले आफूहरुलाई पुनरबहाली गर्न माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ । माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले […]

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

१४ साउन, काठमाडौं । इनसाइडर ट्रेडिङको आरोप लागेपछि धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टकोसेयर रहेको फेला परेपछि अर्थले यस्तो स्पष्टीकरण सोधेको हो । बुक बिल्डिङमार्फत नेपालमै पहिलो पटक सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बेला अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको करीव […]

काँग्रेस सांसदको प्रश्न– जबज दुनियाँको कुन कम्युनिस्ट पार्टीले स्वीकार गरेको छ ?

राष्ट्रियसभामा नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले नेकपा एमालेका सांसदहरुलाई जनताको बहुदलीय जनवाद (जबज) दुनियाँको अन्य कुन मुलुकको कम्युनिस्ट पार्टीले स्वीकार गरेको छ भनेर प्रश्न गरेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा उनले एमालेले अंगिकार गर्दै आएको जबज विश्वका कुनै पनि मुलुकमा नभएको तर्क गरे । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले वर्तमान […]

प्रचण्ड र उपेन्द्रलाई देउवाको आग्रह : मलाई अप्ठ्यारो भैसक्यो, मन्त्रीको नाम चाँडो दिनुस् !

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदा आलोचना सुरु भएको भन्दै तत्काल आफ्नो पार्टीबाट सरकारमा पठाउने नेताहरुको नाम बुझाउन गठबन्धनभित्रका दलहरूलाई आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा काँग्रेस सभापतिसमेत रहेका देउवाले माओवादी केन्द्र र जसपाले ढिलाइ गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा […]

उमेश श्रेष्ठलाई मन्त्री बनाएकोमा गल्ती स्वीकार्दै देउवाले भने-अबदेखि यस्तो हुँदैन

सत्तारुढ गठबन्धनमा रहेका दलसँग सल्लाह नगरी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले गल्ती स्वीकार गरेका छन् । अबदेखि गठबन्धनमा सल्लाह नगरी कसैलाई पनि मन्त्री नबनाउने देउवाले प्रतिबद्धतासमेत जनाएका छन् । बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा गल्ती भएको स्वीकारेका हुन् । सत्तारुढ गठबन्धनमा रहेका दलसँग सल्लाह नगरी […]

सत्ता गठबन्धनको बैठक : मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई

१३ साउन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिएको छ । एमालेको माधव नेपाल पक्षसमेत सहभागी बैठकले मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको हो । बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदललाई निर्देशनसमेत दिएको छ । मन्त्रिपरिषदलाई पूर्णता […]

ठाकुर-महतो समूहको सम्भावित तीन विकल्प

जसपा विभाजन लगभग यसअघि नै तय थियो । तीन चार महिना अघिदेखि नै खासगरी नेकपा विभाजन भएपछि जसपामा खिचातानी चलिरहेको थियो– केपी ओलीलाई समर्थन गर्ने कि विरोध गर्ने ? यो विभाजनले राष्ट्रिय राजनीतिमा खासै प्रभाव पार्दैन । आयोगबाट आधिकारिकता पाउने पक्ष बलियो हुन्छ । यसले उपेन्द्र यादवको पक्षमा प्रदेश र संघ दुवैतिर सांसदको संख्या बढ्न […]

प्रधानमन्त्रीलाई डा. गोविन्द केसीले पठाए पत्र

स्वास्थ्य शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सम्पूर्ण लगानीबाट तत्काल अलग भएर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन् । उनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र पठाउँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ स्वास्थ्य र शिक्षा क्षेत्रमा भएका आफ्ना लगानीबाट अलग नहुने हो भने तत्काल […]