माधव, झलनाथलाई प्रचण्डको ब्रिफिङ : मूर्खदेखि दैव डराउँछ भनेजस्तो अवस्थामा पुगेँ

बितेको ४–५ महिनाभित्रै नेपालको राजनीतिमा ‘ना रहे बाँस, ना बजे बाँसुरी’ भनेजस्तो रणनीति बन्दै रहेछ । तर, पञ्चायतका उदार र अनुदार पञ्च भनेजस्ता प्रधानमन्त्रीको कोटरीका दुईखाले तत्वबीचको तीव्र अन्तरविरोध, अनि शीर्ष नेताको सम्झौताले देशले व्यहोर्नै लागेको अनिष्टबाट मुक्ति पाएको खुलासा भर्खरै भएको छ । नेकपा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले के–के र […]

प्रधानमन्त्रीले भन्यो, नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्नू

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नक्सा अनुसारको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक लगाएका छन् । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक वितरण तथा थप पुस्तक छपाई नगर्न प्रधानमन्त्रीले शिक्षा मन्त्रालयलाई निर्देशन दिएका हुन् । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले पुस्तक वितरण नगर्न निर्देशन दिएको […]

बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको छ । सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२ः […]

वामदेव गौतमले राष्ट्रियसभा सदस्यमा सपथ लिए

काठमाडौं , राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

नेकपाको आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त

काठमाडौंँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी सबै विवाद यो बैठकसँगै किनारा लागेका छन् । विवादका कारण पार्टी गुटमा विभाजन भएको थियो । पार्टी विभाजनको अवस्थामा समेत पुगिसकेको भन्दै चिन्तासमेत जनाइएको थियो तर […]

अब प्रचण्ड कार्यकारी अध्यक्ष, महाधिवेशन चैतमा

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले बोलेका छन् । नेताहरुले दिएको लिखित […]

मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौँ , मन्त्रिपरिषद्को बिहीबार बस्ने तयारी भएको बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी कमिटी बैठकको तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त भएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । यस्तै, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने तथा अन्य महत्वपूर्ण नियुक्ति गर्ने तयारी भएको थियो । बिहीबार स्थगित […]

भारतसँग भएको सन् १९५० को असमान सन्धि खारेज गर्नुपर्छः श्रेष्ठ

काठमाडौं,  नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सन् १९५० को सन्धि असमान र असान्दर्भिक भएकोले खारेज गर्नुपर्ने बताएका छन् । सन् १९५० को सन्धि खारेज गरी नयाँ सन्धि गर्नु पर्ने उनको भनाई छ । भारत नेपाल सम्बन्धका विषयमा आयोजित एक कार्यक्रममा प्रवक्ता श्रेष्ठले सार्वभौमिक समानताको सिद्धान्तको आधारमा भारतसँग नयाँ सन्धि गर्नु पर्ने बताएका हुन्। नेपाललाई […]

नेकपाका दुई अध्यक्षबीच कडिकडाउ संवाद

काठमाडाैं, बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरूको जोड–कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ९प्रचण्ड० बीच सोमबार भएको भेटका क्रममा प्रधानमन्त्रीले वामदेव गौतमलाई अबको क्याबिनेट बैठकबाट निर्णय गराएर सांसदमा लाने तर उहाँ र नारायणकाजी श्रेष्ठजस्ता नेता राष्ट्रियसभा सदस्य भए पनि संविधानतः मन्त्री […]

कम्यूनिष्ट पार्टिप्रति मोह बढ्दै, दुईदर्जन युवा नेकपामा प्रवेश

पर्वत÷ कोरोना कहरमा पनि युवाहरुमा कम्यूनिष्ट पार्टिप्रति मोह बढ्दै गएको छ । आज कुश्मानगरका दुईदर्जन युवाहरु नेपाली काँग्रेस छाडेर नेकपमामा प्रवेश गरेका छन् । नवप्रवेशी युवाहरुलाई एक कार्यक्रमबिच सोमवार नेकपाका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदम गिरीले खादा र माला लगाएर नेकपामा प्रवेश गरेका छन् । त्यसैगरी नवप्रवेशीहरुलाई प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, नगरकमिटी […]