कोरोना भाइरस नेपालमा देखिएको छैन, चीनबाट आउन चाहने नेपालीलाई ल्याइने

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर सार्वजनिक महत्वको विषय कोरोना भाइरसबाट बच्नका लागि सरकारले लिएको पहलकदमीका बारेमा उनले नेपालमा चीनबाट फर्किएका १३ विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि परीक्षणपछि नेगेटिभ नतिजा आएको बताए। “सन् […]

गरीबले उपचार खर्च नपाएर अकालमै मर्नुपर्ने अवस्था कतिञ्जेल ?

बझाङ, सदरमुकामभन्दा अलि तल देउरा बजारको अलि पछाडि टिनको सानो छाप्रो छ। त्यस छाप्राको बाहिर सधैँजसो एक ६५/६६ वर्षीय मानिस दिउँसोतिर घाममै पल्टिन्छन्। घर परिवारबाहेक कसैले चासो नदेखाएको उनले बोलेको नबुझिने भएको रहेछ। उनी ओलकबहादुर राई हुन्। उनले भने, “म चार वर्षदेखि पाक्षाघातको बिरामी छु। उठ्न सक्दिन।” उनकी श्रीमतीले निर्मलाले पुख्यौँली घर रामेछाप भए पनि […]

कोरोना भाइरस: हङकङमा एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो

हङकङ, विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको छ। हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो। उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनी १३ औं व्यक्ति थिए। उपचाररत ती व्यक्तिको स्वास्थ्य अवस्था बिग्रिएसँगै मंगलबार बिहान मृत्यु भएको हो। हङकङको व्याम्पो गार्डेनमा […]

आज मिति २०७६, माघ २० गते सोमबारको दिन ग्रहदशा अनुसार तपाईंको राशीफल हेर्नुहोस्। (भिडियो सहित)

मेष : बाहिरी खेलहरूले तपाईंलाई आकर्षित गर्नेछन्, ध्यान र योग लाभदायक हुनेछन्। तपाईंको आर्थिक स्थितिमा सुधार भए तापनि पैसाको खर्चले अझै पनि तपाईंका परियोजनाहरु कार्यन्वयन गर्नमा रोकावट गरिरहनेछ। तपाईंले मित्रहरूबाट सहयोग पाउनुहुनेछ, तर सावधानीसँग बोल्नुहोस्। आफ्नो प्रेमीसँग बदला लिने हुँदा कुनै पनि परिणाम प्राप्त हुँदैन, बरु तपाईंले शान्तिसँग आफ्नो प्रेमीसँग आफ्नो साँचो भावना पोख्नु पर्छ। […]

कोरोना भाइरसको जोखिम, सीमा क्षेत्रमा सतर्कता अपनाउन निर्देशन

भैरहवा, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चीनबाट फैलिँदै गएको कोरोना भाइरसको जोखिम मध्यनजर गर्दै नेपाल भारत सीमा क्षेत्रमा सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ। भारतसँगको खुला सीमा भएकाले भारतबाट आउने पर्यटकलाई नेपालका स्वास्थ्यकर्मीले निगरानी बढाउन निर्देशन दिएपछि सो क्षेत्रमा स्वास्थ्य जाँचमा कडाइ गरिएको हो। स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा प्रशासनको निर्देशनपछि कोरोनाबारे […]

कोरोना भाइरस: नेपालबाट मास्क उठाएर घर लाँदै चिनियाँ

काठमाडौं, चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर-फिल्टर मास्क’को माग अत्यधिक बढेको छ। काठमाडौंका मेडिकल तथा सर्जिकल स्टोरमा मास्क किन्ने चिनियाँ नागरिकको भीड बढ्दो छ। सबैभन्दा सुरक्षित ‘एन-९५ मास्क’ को भने अभाव देखिएको छ। नेपालमा चीनबाट आयात हुने मास्क अहिले भाइरस संक्रमणबाट बच्न चिनियाँ नागरिकले नै किनेर आफ्नो देश […]

आज मिति २०७६, माघ १९ गते आइतबारको दिन ग्रहदशा अनुसार तपाईंको राशीफल हेर्नुहोस्। (भिडियो सहित)

मेष : हावामा महल निर्माण गर्नाले तपाईंलाई फाइदा हुने छैन। तपाईंले परिवारको आशा पूरा गर्नको लागि केही काम गर्नुपर्छ। ढिलो भएका भुक्तानी प्राप्त भएकोले पैसाको समस्यामा सुधार भएको छ। रमाइलो साँझका लागि मित्रहरूले तपाईंलाई आफ्नो ठाउँमा निमन्त्रण गर्नेछन्। भोलि धेरै देरी हुन सक्छ यसैले तपाईंले आफ्नी प्रियतमालाई आफ्नो सन्देश व्यक्त गर्नुपर्छ। तपाईंको पुरानो साथी आउनेछ […]

कोरोनोभाइरस लक्षण देखापरिकनै मानिसबाट मानिसमा सर्ने

काठमाडौं, वुहानबाट देखापरेको कोरोनाभाइरसको सक्रमण तीब्र रुपमा फैलिँदै गएपछि गत हप्ता चिनियाँ अधिकारीहरुले वुहान कोरोनोभाइरस लक्षण देखापरिकनै मानिसबाट मानिसमा सर्ने घोषणा गरेका थिए। त्यो कुरालाई संसारभरिनै शंकाको दृष्टिकोणले हेरियो, कतिले त हावादारी भनेर गिल्ला नै पनि गरे। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले पनि त्यस्तो कुराको प्रमाण नभएको भनेका थिए । तर अन्ततः त्यो […]

आज मिति २०७६, माघ १८ गते शनिबारको दिन ग्रहदशा अनुसार तपाईंको राशीफल हेर्नुहोस्। (भिडियो सहित)

मेष : तपाईंको रोग दुखको कारण हुन सक्छ। तपाईंले परिवारमा आनन्द बहाल गर्नको लागि सकेसम्म छिट्टै यसलाई हटाउनु आवश्यक छ। पुरानो सम्पर्क र सम्बन्ध पुनर्जीवित गर्ने राम्रो दिन। तपाईंले केही प्रेम बाँडेमा, तपाईंकी प्रियतमा आज तपाईंको लागि एउटा दूतको रूपमा परिणत हुनेछिन्। तपाईंसँग राय मागे नलजाइकन दिनुहोस् किनभने यसको लागि तपाईंको अत्यधिक कदर गरिनेछ। आज […]

कोरोना सङ्क्रमणबाट सतर्कताका लागि सभापति देउवाद्वारा अपिल

काठमाडौं, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीनको वुहान सहरका नेपालीलाई उद्धार गर्न सरकारलाई अनुरोधसहित कोरोना सङ्क्रमणबाट सतर्कताका लागि सार्वजनिक अपिल गरेका छन्। उनले शुक्रबार वक्तव्यमार्फत कोरोनाका कारण जीवन गुमाएका सबै चिनियाँ नागरिकको परिवार र चीन सरकारप्रति कांग्रेसका तर्फबाट समवेदना व्यक्त गर्दै भाइरस नियन्त्रणका लागि चीन सरकारले गरिरहेको प्रभावकारी प्रयासको प्रशंसा गरेका छन्। चीनको […]