आज ३३६ जना कोरोना संक्रमित, २२६ डिस्चार्ज, ४ को मृत्यु

आज ३३६ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ५ हजार ३० जनामा गरिएको परीक्षणमा ती संक्रमित भेटिएका हुन् । यो सँगै संकमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । यसै गरी २२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । यो सँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार […]

कोरोनाको खोप काठमाण्डौं आईपुग्यो

भारतले नेपाललाई अनुदानमा दिएको १० लाख डोज कोरोनाको खोप काठमाण्डौं आईपुगेको छ । कोरोना खोप लिएर आएको एअर इन्डियाको विमान बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा रिसिभ गर्न विमानस्थल पुगेका थिए । भारतले सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता […]

संसद विघटनविरुद्ध काँग्रेसले देशभरीमा प्रदर्शन गर्ने

आज प्रतिनिधिसभा विघटनको विरोधमा काँग्रेसले देशभरीका वडाहरुमा प्रदर्शन गर्नेछ । असंवैधानिक रुपमा भएको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शनको आयोजना गरेको नेपाली काँंग्रेसले जनाएको छ । वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर सफल बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेको छ ।

जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस

नेकपाको दुवै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदनउपर आयोगले अझैसम्म केही निर्णय लिएको छैन । आयोगले पुस २३ मा दुवै पक्षलाई ७ दिनको समय दिएर थप स्पष्टताको माग गर्दै पत्र पठाएको थियो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले पुस २९ मा आयोगलाई […]

कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्लामा पुग्ने

सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनामा खटिनेहरु रहेको जानकारी दिए । स्वयम्सेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभर ५२ हजार महिला स्वयम्सेविकासहित […]

आज मिति २०७७, माघ ८ गते बिहिबार दिन ग्रहदशा अनुसार तपाईंको राशीफल हेर्नुहोस्।(भिडियो सहित)

मेष : तपाईंको अथाह बौद्धिक क्षमताले आफ्नो अशक्ततासँग लड्न मद्दत गर्नेछ। सकारात्मक सोचाइ राखेर मात्र यो समस्यासँग लड्न सक्नुहुन्छ। आज सामाजिक कार्यहरुमा उपस्थित हुने मौका पाउन सक्नुहुन्छ- जसले गर्दा तपाईं प्रभावशाली मान्छेको सम्पर्कमा आउन सक्नुहुनेछ। यो दिन तपाईंको प्रेम जीवनको मामलामा शानदार छ। प्रेम गरि राख्नुहोस्। तपाईंले राम्रो आदर दिन सक्नुहुँदैन भने कुनै पनि प्रतिबद्धता […]

थप ३१८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर ३१८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०१२ जनाको परीक्षणमा २०६ पुरुष र ११२ महिला गरी ३१८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । यीमध्ये २ लाख ६२ हजार ६४२ जना निको […]

‘ओलीलाई घिसारेर सत्ताबाट बाहिर निकाल्नुपर्छ’

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था डोनाल्ड ट्रम्पकै जस्तो हुने चेतावनी दिएका छन् । जसरी राष्ट्रपतिको कार्यकाल पूरा गरेर जाँदाजाँदै ट्रम्पमाथि महाभियोग लाग्यो, ओलीमाथि पनि त्यस्तै हुने धारणा राख्दै उनले ओलीलाई अहंकार त्याग्न आग्रह गरे । प्रधानमन्त्री ओलीले जनताको जीवनसँग खेलवाड गरिरहेको उल्लेख गर्दै उनले भने, ‘ओलीलाई घिसारेर […]

दशरथ रंगशालामा राष्ट्रिय महिला फुटवल लिग आजबाट शुरु हुँदै

अखिल नेपाल फुटबल संघको आयोजनामा आजबाट राष्ट्रिय महिला लिग सुरु हुँदैछ । उद्घाटन दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ । एन्फाले निकालेको पहिलो चरणको खेल तालिका अनुसार उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने छन । उद्घाटनपछिका अन्य खेलहरु भने एन्फाको मैदान सातदोबाटोमा हुनेछन । तीन विभागीय टोली शसस्त्र […]

सर्वोच्चले कानुन व्यवशायीलाई बोल्ने समय आधा घण्टा मात्र दिने

सर्वोच्च अदालतले संसद विघटन बिरुद्ध परेको रिटको सुनुवाईमा अब कानुन व्यवशायीलाई बोल्ने समय आधा घण्टा मात्र दिने भएको छ । हिजो सम्म अधिवक्ताहरुले बहसमा लामो समय लिएको भन्दै छोट्याउन आग्रह गरिदै आएको थियो । तर आजदेखि भने प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबराले समय निर्धारण गरिएको भन्दै शुरुमै बोल्न लागेका डा। चन्द्रकान्त ज्ञवालीलाई समय तोकेका छन् । […]