इजराईलमा एन आर एन ए द्वारा हरितालिका विशेष तिज कार्यक्रम

बुध्दसन्देश ।

सुचना ! सुचना !! सुचना !!!

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले निशुल्क दर तथा तीज विशेष कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेकोमा पछिल्लो समय इजरायलमा कोरोना संक्रिमतहरुको वढ्दो ग्राफ अनि यहुदीहरुको नयाँ बर्ष तथा विशेष धार्मिक पर्व रोस हा-सना पनि संगसंगै पर्ने भएकाले इजरायल सरकारले पुन:

कडा लकडाउन गर्न सक्ने संभावनालाई मध्यजनर गर्दै पूर्व घोषित १० सेप्टेम्वर शुक्रवारको कार्यक्रमलाई अघिल्लो हप्ता ३ सेप्टेम्वर शुक्रवारको दिन कार्यक्रम गर्ने निर्णय गरिएको व्यहोरा सम्पूर्ण इजरायलवासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा जानकारी गराइन्छ ।

कोरोना महामारीका कारण राष्ट्रिय कलाकारहरुको सहभागिता अनिश्चित बनेतापनि विशिष्ट म्युजिक सिस्टमको व्यवस्थासहित इजरायलमा रहेका केही उत्कृष्ट कलाकारहरुको सांगितिक प्रस्तुतीहरुलाई स्थान दिइने सो कार्यक्रम तेलअभिवको पार्क यार्कोनमा साँझको ठिक ७ बजेदेखि शुरु हुनेभएकोले

कार्यक्रममा उपस्थित भई तीजको दर खादै भरपुर मनोरञ्जन लिन इजरायलमा रहेका सम्पूर्ण दिदिवहिनी तथा दाजुभाईहरु, क्रियाशिल सम्पूर्ण संघ संस्थाहरु, समाजसेवीहरु, मिडियाकर्मीहरु लगयात सम्पूर्णमा हार्दिक आमन्त्रण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस