प्रहरी हेडक्वार्टरबाटै शान्ति मिसन परीक्षाको प्रश्न-पत्र चोरिएको पुष्टि

२१ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्रै चोरी भएको छ । शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षा प्रि-स्याटको प्रश्न पत्र चोरिएको पुष्टि भएको हो ।

शनिबार भएको प्रि-स्याट परीक्षा अघि नै केही परीक्षार्थीसम्म प्रश्न पत्र पुगेपछि हल्लाखल्ला भएको थियो । र, केहीले आपत्ति जनाएपछि परीक्षा एक घन्टा ढिलो गरी सुरु भएको थियो ।

सञ्चारमाध्यममा समेत यसबारे समाचार आएपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नै सचिवालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको नेतृत्वमा ६ सदस्यीय छानविन समिति बनाएका थिए । त्यसअघि पनि युएन शाखा आफैंले प्रकरणमा छानविन गरिरहेको थियो ।

शाखाका एक अधिकृतले प्रश्न पत्र बाहिरिएको खबर पाएपछि प्रश्नको सेट नै परिवर्तन गरेर परीक्षा गराइएको दाबी गरे ।

लामा नेतृत्वको समितिले गरेको अनुसन्धानका क्रममा यूएन शाखाकै एक कर्मचारीले प्रश्न पत्र चोरी गरेको पाइएको छ । समिति स्रोतका अनुसार चोरी भएको पुष्टि भएपछि युएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बम र साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई पक्राउ गरिएको छ ।

‘उनीहरुलाई सशस्त्र प्रहरी गण १ नम्बरको आन्तरिक थुनामा राखेर थप छानविन भइरहेको छ’ स्रोतले अनलाइनखबरसँग भन्यो । हवल्दार शाहको भाइबरमा प्रश्न पत्र भेटिएको छ ।

यूएन शाखाका प्रमुखकै दराजबाट चोरी

युएन शाखाका एक अधिकृतका अनुसार प्रि-स्याटको प्रश्न पत्र राखिएको दराजको चाबी प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर राणासँग थियो । ‘उनी चाबी लगाएर घर गएका थिए, प्रहरी परिचर बमसँग अर्को चाबी पनि रहेछ’ स्रोतले भन्यो, ‘बेलुका सबै घर गएपछि उनले प्रश्न पत्र निकालेको पाइएको छ ।’

स्रोतका अनुसार प्रि-स्याट परीक्षा दिँदै गरेका ब्युरोमा कार्यरत हवल्दार शाहले बमलाई प्रश्न पत्र मागेका थिए । ‘पहिलेको लेनदेन पनि रहेछ, प्रश्नपत्र दिए पैसा दिनुनपर्ने भनेपछि उनले चोरी गरेका रहेछन्’ स्रोतले भन्यो, ‘शाहले अन्य परिक्षार्थीलाई पनि प्रश्न पत्र दिएको भेटिएको छ ।’

छानविन समिति स्रोतका अनुसार चोरिएको प्रश्न पत्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपेश खड्का, वासुदेव पाठक लगायतसँग पनि पुगेको आशंकामा छानबिन गरिरहेको छ ।

प्रि-स्याट परीक्षामा उत्तीर्ण हुनेलाई मात्र मिसनको अन्तिम परीक्षामा सहभागी गराउने गरिएको छ । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म सहभागी थिए ।

नेपाल प्रहरीबाट शान्ति मिसनको कोटा घट्दै जाँदा छनौट परीक्षामा कडा प्रतिष्पर्धा हुने गरेको छ । ‘प्रि-स्याट परीक्षा पास गर्नै गाह्रो हो, स्याट बरु सहज हुन्छ’ एक अधिकृतले भने, ‘त्यसैले आन्तरिकरुपमा लिइने प्रि-स्याट परीक्षामै चलखेल हुने गरेको छ ।’

सन् २०१८ मा भएको स्याट परीक्षाको प्रश्न पत्र पनि परीक्षा अगावै बाहिरिएको पाइएपछि अर्को जाँच लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाईंले आफुलाई साधारणभन्दा कम ऊर्जाको पाउनुहुनेछ - अतिरिक्त कामले आफुलाई भार नदिनुहोस् - केही आराम गर्नुहोस् र आफ्नो भेटघाट अर्को दिनको लागि मिलाउनुहोस्। तर्क र टकराव अनि अरूमा अनावश्यक दोष खोज्नेबाट बच्नुहोस। व्यक्तिगत मामिलाहरू नियन्त्रणमा हुनेछन्। तपाईं एक दिनको बिदामा जानु हुँदैछ भने चिन्ता नगर्नुहोस् - तपाईंको अनुपस्थितिमा पनि काम सजिलै चल्नेछ। कुनै अनौठो कारणले गर्दा समस्या भएमा - तपाईं फर्केर आएपछि यसलाई सजिलै समाधान गर्नुहुनेछ। सेमिनार र प्रदर्शनीहरूले तपाईंलाई नयाँ ज्ञान र सम्पर्क प्रदान गर्नेछ। आज, आफ्नो साथीले तपाईंलाई आफ्नो रमाइलो पक्ष देखाउन सक्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
रमाइलो गर्न बाहिर जानेहरूको लागि सरासर खुशी र आनन्द मिल्नेछ। आमाबाबुको सहायताले गर्दा वित्तीय बाधाहरु टर्दै गएको जस्तो देखिन्छ। तपाईंले ख्याल राख्ने कसैसँग सञ्चारको अभावले तपाईंलाई निराश पार्न सक्छ। तपाईं एक पटक आफ्नो जीवनको प्रेम भेटेपछि, अरू केही आवश्यक पर्ने छैन। तपाईंले आज यो सत्यको महसुस गर्नुहुनेछ। आफ्नो कामको दक्षतामा वृद्धि गर्न नयाँ प्रविधीमा बानी बसाल्नुहोस् - तपाईंको शैली र राम्ररी काम गर्ने अद्वितीय तरीकाले तपाईंलाई छेउबाट हेर्दै गरेका मानिसहरूलाई चासोको विषय हुनेछ। आफ्नो साथी उत्कृष्ट हुँदा जीवन साँच्चै नै सम्मोहित हुन्छ; तपाईंले आज यसको अनुभव गर्नु हुनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
तपाईंको यो आध्यात्मिकताको मद्दत लिने उचित समय छ किनकि मानसिक तनाउलाई प्रतिआक्रमण गर्ने सबै भन्दा राम्रो विकल्प हो। ध्यान र योगले तपाईंको मानसिक दृढता बृद्धि हुनेछ। छिमेकीसँग झगडा गर्नाले तपाईंको मुड बिग्रिन सक्छ। तर आफ्नो स्वभाव नबिगार्नुहोस किनभने यसले मात्रै आगोमा इन्धन थप्ने काम गर्दछ। तपाईंले सहयोग दिनु भएन भने तपाईंसँग कसैले झगडा गर्न सक्ने छैन। मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने प्रयास गर्नुहोस्। प्रेमको खुशीयाली अनुभव गर्न सक्नु हुनेछ। आफ्नो कौशल देखाउन अवसर आज तपाईंसँग हुनेछ। तपाईंलाई मद्दत गर्ने मानिसहरूको लागि तपाईंले प्रतिबद्धता बनाउनु हुनेछ। तपाईंको जोडीले आज तपाईंको बारेमा सबै राम्रो कुरा गरेर प्रशंसा गर्नेछिन् र तपाईंको लागि समर्पण गर्नेछिन।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
स्वास्थ्य सम्बन्धी कुराहरूलाई लिएर आफैंलाई बेवास्ता नगर्नको लागि होसियार हुनुहोस्। तपाईंले परिवारका सदस्य र साथीहरूसँग पर्याप्त समय पाउनुहुनेछ। तपाईंले आफ्नो प्रेमीको एउटा नयाँ अद्भुत पक्ष देख्न पाउनु हुनेछ। आफ्नो दृष्टिकोणमा इमानदार र सही हुनुहोस् - तपाईंको सङ्कल्प र कौशलले परिचय प्राप्त गर्नेछ। आज आफ्नो जोडीले तपाईंलाई दुनियामा उसको अर्को कोही छैन भन्ने महसुस गराउनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बुजुर्गहरूले राम्रो लाभको लागि आफ्नो अतिरिक्त ऊर्जाको सकारात्मक प्रयोग गर्न आवश्यक छ। तपाईंको ज्ञानको तिर्खाले नयाँ मित्र बनाउन मद्दत गर्नेछ। प्रेमीहरूको पारिवारिक भावना अत्यधिक विचारशील हुनेछ। आज तपाईं उपस्थित भएका व्याख्यान र सेमिनारले विकासको लागि नयाँ विचार ल्याउनेछन्। तपाईंका वरिपरिका मानिसहरूलाई यस्तो काम गर्न सक्नेछन् जसले गर्दा तपाईंको जीवनसाथी फेरी तपाईंमा समर्पित हुनेछन्।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईंको अथाह प्रयास र परिवारका सदस्यहरूको समसामयिक सहयोगले इच्छित परिणाम ल्याउने थियो। तर अहिलेको झैं जाँगर कायम राख्न कठिन कार्य गरिरहनुहोस्। परिवारको गोप्य समाचारले तपाईंलाई आश्चर्य बनाउन सक्छ। तपाईंको रोमान्टिक साथीले तपाईंमाथि चापलूसी गर्ने कुरामा सावधान रहनुहोस् - यो संसारमा मलाई एक्लो नछोड्नुहोस्। आज तपाईं रोशनीमा हुनुहुनेछ - र सफलता तपाईंको सामर्थ्य भित्रै छ। आफ्नो जोडीले तपाईंलाई केही नराम्रा कुराहरूका साथै तपाईंको किशोर समयको याद दिलाउने छन्।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईंले अवकाशको खुशीलाई रमाइलो पार्न जानु हुँदैछ। पोस्टद्वारा आएको पत्रले सम्पूर्ण परिवारमा खुसीको समाचार ल्याउँछ। तपाईंको समर्पित र शुद्ध प्रेममा रचनात्मक शक्तिको जादू छ। सेमिनार र प्रदर्शनीहरूले तपाईंलाई नयाँ ज्ञान र सम्पर्क प्रदान गर्नेछ। यो दिन तपाईंको नियमित वैवाहिक जीवनमा विशेष दिन हो; तपाईंले आज साँच्चै असामान्य केही अनुभव गर्नु हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आजको मनोरञ्जनमा खेल गतिविधिहरु र घर बाहिरका कार्यहरू समावेश हुनुपर्छ। सबै प्रतिबद्धता र आर्थिक कारोबार ध्यानपूर्वक गर्न आवश्यक छ। साँझको लागि रोमाञ्चक योजना राखेर तपाईंका मित्रहरूले तपाईँको दिन रोशन गर्नेछन्। नयाँ विचारहरू फलदायी हुनेछन्। तपाईंले कसैलाई दिएको सहायताको इनाम वा स्वीकार प्राप्त हुनेछ यसैले आज तपाईं सबैको प्रसंशाको पात्र हुनुहुनेछ। बाहिरी मान्छेको हस्तक्षेपले आफ्नो वैवाहिक जीवनमा रोकावट प्रदान गर्नेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
शारीरिक पीडा र तनाउ सम्बन्धित समस्यालाई नकार्न सकिंदैन। तपाईंलाई आज धेरै नयाँ वित्तीय योजनाहरु प्रस्तुत गरिनेछ - प्रतिबद्धता बनाउनु अघि फाइदा र हानिको राम्ररी वजन गर्नुहोस्। परिवारका सदस्यहरूलाई समय बिताउन रमाइलो हुनेछ। आज आफ्नी प्रियतमासँग शिष्टतासाथ व्यवहार गर्नुहोस्। आफ्नो कौशल देखाउन अवसर आज तपाईंसँग हुनेछ। तपाईंले कसैलाई दिएको सहायताको इनाम वा स्वीकार प्राप्त हुनेछ यसैले आज तपाईं सबैको प्रसंशाको पात्र हुनुहुनेछ। तपाईंले आफ्नो जोडीको कुनै काम बारे अप्ठ्यारो महसुस गर्न सक्नु हुनेछ। तर पछि यसलाई राम्रोको लागि भएको हो भन्ने महसुस गर्नु हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
खुल्ला खाना खाँदा विशेष सावधानी लिनुपर्छ। यसको लागि तपाईंले अनावश्यक तनाउ नलिनुहोस् किनकि यसले मानसिक तनाउमात्र दिनेछ। आफ्नो जीवन साथीको लापरवाहीले सम्बन्ध बिगार्न सक्छ। आफ्नो बहुमूल्य समय खर्च गर्नुहोस् र आफ्ना खुसीका सुनौला दिनहरू पुनः प्राप्त गर्न आफ्ना रमाइला सम्झनाहरु याद गर्नुहोस्। आज तपाईंको आत्मीय भएर जोडिने अनुरोध गर्ने कसैसँग भेट हुने बलियो सम्भावना छ। आज तपाईं विनम्र र उपयोगी हुनुहुन्छ भने, तपाईंले आफ्ना साझेदारहरूबाट अत्यधिक सकारात्मक प्रतिक्रिया प्राप्त गर्नु हुनेछ। तपाईंको वैवाहिक जीवन राम्रो बनाउने प्रयासले आज आशा गरेकोभन्दा राम्रो फल दिनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आज तपाईंलाई बाहिर सैर गर्नाले र आनन्दको सैरले राम्रो मुडमा राख्नेछ। साँझमा चलचित्र-थिएटर वा आफ्नो जोडीसित खानाले तपाईंलाई तनाउमुक्त र राम्रो मुडमा राख्न सक्छ। तपाईंले स्पष्ट समझद्वारा मात्रै आफ्नी श्रीमतीलाई भावनात्मक सहयोग दिन सक्नुहुन्छ। आज तपाईंले आफुले राम्रो काम गरिरहेको आफ्ना परिवारको समर्थनले हो भन्ने कुराको महसुस गर्नु हुनेछ। आफ्नो शरीर र व्यक्तित्व सुधार गर्ने तपाईंको प्रयासले तपाईंलाई सन्तुष्टि दिनेछ। आफ्नो जोडीसित तपाईं आज फेरि प्रेम गर्नुहुनेछ किनकि उनी यसको लागि योग्य छन्।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
संकटको समयमा विशेष गरी आफ्नो धैर्य नगुमाउनुहोस्। केही अतिरिक्त पैसा बनाउन आफ्नो नवीन विचार प्रयोग गर्नुहोस्। तपाईंको हँसिलो प्रकृतिले वरिपरिको वातावरण उज्यालो पार्नेछ। व्यस्त सडकमा तपाईंले आफुलाई भाग्यमानी भएको महसुस गर्नुहुनेछ किनकि तपाईंकी प्रियतमा सबैभन्दा राम्री छन्। विवाद वा कार्यालयको राजनीति; तपाईंले आज सबैमा शासन गर्नुहुनेछ। विवाहको मामलामा आज तपाईंको जीवन साँच्चै नै रमाइलो देखिन्छ।
काठमाडौँ — असार दोस्रो साता भर्चुअल भएको वार्डेन सम्मेलनमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) अणनाथ बरालले निकुञ्जको…
यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत…
एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलपूफल तथा तरकारी बजार…
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी वकिलहरूले प्रतिनिधिसभा पुनःस्थापना भए मुलुक अस्थिरतातर्फ जाने दाबी गर्दै चुनाव निर्विकल्प भएको जिकिर गरेका छन्। कसैले…
पुस ५ पछि एमाले बनेका रामबहादुर थापा (वादल) हरु एमाले नै हुन् कि हैनन् भनेर वैधानिकता खोजियो, कोही रिट लिएर…
सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ…