जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल लाई ललितपुर का स्थानीय द्वारा बधाई तथा शुभकामना प्रदान

आज मिति २०७८ श्रावण १७ गते माननीय पम्फा भुसाल ज्यूलाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा मन्त्री हुनु भएकोमा बधाइ तथा शुभकामना दिनुका साथै खोकना बुगमतीका स्थानीय वासीहरुले गर्दै आइरहेको सघर्षलाई निर्णाक निर्णयमा पुरा¥याइ तत्कालै फाष्ट टा«यक लगाएतका परियोजनाहरु यथासिघ्र यस क्षेत्रबाट खारेज गरि जिवन्त संग्रहालयको रुपमा रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय गौरव बोकेको सास्कृतिक नगरी क्षेत्र खोकना बुङ्गमतिलाई बचाउनका लागि आवश्यक कदम चाल्न र सहयोग गर्नका लागि माननीय मन्त्री पम्फा भुसाल ज्यूमा ध्यानाकर्षण गर्दै ज्ञापन पत्र सहित अनुरोध गरियो ।

सोहि ज्ञापन पत्र बुझिलिने क्रममा वहाँले भन्नु भयो कि साँस्कृतिक नगरी पर्यटकीय ललितपुर बनाउनका लागि आफ्नो घोषण पत्रमा समेट राखेको भन्दै यस खोकना र बुगमतिको कला, संस्कृति र सम्पदा क्षेत्र संरक्षण गर्ने प्रतिबद्धता जहेर गर्दै जनसरोकार समिति खोकना तथा बुगमतिलाई आश्वासन समेट दिनु भयो । ज्ञापनपत्र र ध्यानाकर्षण गराउन खोकना तथा बुगमती जनसरोकारका समितिबाट नेपाल डगोल

, कृष्ण भक्त डंगोल, नरेश डंगोल , कृष्ण सरन डंगोल तुयु महर्जन ,

अस्त बहादुर महर्जन र पशुपति तुलधर लगाएत थियो भने बिदेश बाट इजरायल बाट हालै नेपाल आउनु भएका नरेश कुमार (नेपा) श्रेष्ठ साथै पोर्तुगल देखि नै खोकना बुगमती बचाउ अभियानमा लागनु भएका गंगा बहादुर नेम्कुल ले आजको यश कार्यक्रम लाई सहज कर्ता रूपमा भुमिका निभाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस