कांग्रेसले छान्यो तीन मन्त्री, १ बजे सपथ

८ साउन, पोखरा ।

गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसले तीन मन्त्रीको टुंगो लगाएको छ । कांग्रेसले मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र *विन्दुकुमार थापालाई मन्त्री बनाउने भएको हो । शर्मा बाग्लुङ, श्रेष्ठ स्याङ्जा र थापा कास्कीका सांसद हुन् । माओवादी केन्द्रले बिहीबार नै रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरेको थियो । नवनियुक्त मन्त्रीहरुले आजै १ बजे सपथ लिनेछन् ।

गण्डकी प्रदेशमा हाल सामाजिक विकास मन्त्री कुमार खड्का, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे), स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री हरिशरण आचार्य छन् । (*यसअघि समाचारमा कांग्रेसबाट मन्त्री बन्नेहरुको सूचीमा विन्दु कुमार थापा हुनुपर्नेमा दोबोटे विक भएकाले सच्याइएको छ ।)

प्रतिक्रिया दिनुहोस