खुसीको खबर: इजरायलका लागि नेपाली राजदूत बाट इजरायल रोजगारीको लागि आवेदन खुल्ने । महिला र पुरुष दुवै जना मिल्ने

काठमाडौं ।

इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले केही दिनमै इजरायल रोजगारीको लागि आवेदन खुल्ने बताएकी छन । उक्त आवेदन अनुसार नेपालबाट महिला र पुरुष गरी एक हजार जना युवा सहायक कामदारको रुपमा इजरायल जान पाउने छन । राजदूत डा.शाक्यको पहलमा सुरुमा पाँच सय जना नेपाली कामदार इजरायल पठाउने गरी श्रम सम्झौता भएको थियो ।

गत वर्षको माघ महिनामा सरकारी संयन्त्र (जीटुजी) मार्फत श्रमिकलाई रोजगारीमा पठाउने गरी नेपालका लागि इजरायली राजदूत हनान गोडेर र वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक कुमारप्रसाद दाहालले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

इजरायलमा पाँच सय नेपाली कामदार पठाउने औपचारिक सहमति भएको केही समयपछि फेरि राजदूत डा.शाक्यको पहलमा थप पाँच सय नेपाली कामदार पठाउने सहमति भयो। जसले गर्दा अब चाँडै खुल्ने आवेदनमा एक हजार जना नेपाली इजरायल जान पाउने भएका छन्, जुन केही दिनमै तय हुनेछ ।

राजदूत डा.शाक्यले इजरायल सरकारसँग पाँच सयको कोटामा थप कोटा अनुरोध गरेकाले श्रमिक संख्या बढाइदिएर हजार पुर्यादिइएको र केही दिनमै नेपाली श्रमिक इजरायल आउने प्रक्रिया सुरु हुने बताइन् ।

उनले भनिन, ‘इजरायलतर्फबाट अन्तिम पत्र पठाउन बाँकी थियो, त्यो पत्र गइसक्यो। हामीले वैदेशिक रोजगार विभागमा हिजो(साउन ४ गते) श्रमिक पठाउनेसम्बन्धी अन्तिम पत्र पठाइसकेका छौं। उहाँहरुले पनि आवेदन फारम प्रकाशित गर्नको लागि सबै तयारी गरिसक्नु भएको छ। एक–दुई दिनमै विज्ञापन निकाल्नु हुन्छ होला । यताबाट हामीले पनि हतारो गरिराखेका छौं ।’

उनका अनुसार रोजगारीका लागि अब सबै प्रक्रिया सकिएकाले आवेदन आह्वान गर्न मात्र बाँकी छ। आवेदन निकालेको २१ दिनपछि भने भर्ना प्रक्रिया सुरु हुन्छ र आवदेन खुलेको दुई महिनाभित्र हजार जना नेपाली युवा इजरायल पुग्ने छन्।

राजदूत डा.शाक्यका अनुसार इजरायल

प्रतिक्रिया दिनुहोस