२४ घण्टामा १ हजार ७८२ मा कोरोना पुष्टि, १ हजार ७५७ जना संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २५६ पीसीआर परीक्षणमा बिहीबार थप १ हजार ७८२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ५१२ परीक्षणबाट ८९४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ७६८ परीक्षणमा २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ६२ हजार ५७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख २६ हजार ४६८ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ४६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस