कोरोनाबाट थप २८९२ जना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १८७ पीसीआर परीक्षणबाट १ हजार ८८९ जना र ४ हजार ३८१ एन्टिजेन परीक्षणबाट १ हजार ३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ जना थपिए ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत २४ घण्टामा ३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस