फुटबलमा मेस्सीकोको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाको जित हासिल

कोपा अमेरिका फुटबलमा लियोनल मेस्सीको प्रदर्शनमा अर्जेन्टिनाले बोलिभियाविरुद्ध जित हासिल गरेको छ । मङ्गलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ गोलले हराएको हो ।

खेलको अन्तिममा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे भने अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक एक गोल गरेका थिए । बोलिभियाका लागि इर्विन सावेद्राले एक गोल गरेका थिए ।

समूह एमा अर्जेन्टिनाले ४ खेल खेलेर १० अङ्क बनाइ शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस