नेप्से  पुन: उकालो लाग्यो

साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक २७ दशमलव ३८ अंकले बढेर २ हजार ८७० दशमलव ३८ विन्दुमा पुगेको छ ।

अघिल्लो साता घटेको बजार साताको पहिलो दिनमा भने सकारात्मक गति देखिएको हो । यो दिन २ हजार ८५६ दशमलव शून्य ५ विन्दुदेखि खुलेको बजार २ हजार ८८२ विन्दुसम्म पुगेको थियो ।

नेप्से परिसूचकसँगै यस दिन सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७६ अंकले बढेर ५२९ दशमलव ४१ विन्दुमा पुगेको छ । आइतवार जलविद्युत् समूहको परिसूचक सर्वाधिक २ दशमलव ६७ प्रतिशतले र बैंकिङ्कको दोस्रोमा २ दशमलव शून्य १ प्रतिशत बढेको छ ।

यस्तै यो दिन व्यापारिकको १ दशमलव २७ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४८ प्रतिशत, अन्यको शून्य दशमलव २५ प्रतिशत, लघुवित्तको शून्य दशमलव १ प्रतिशत, म्युचुल फण्डको शून्य दशमलव ५२ प्रतिशत र लगानी समूहको शून्य दशमलव ४८ प्रतिशत बढेकोछ ।

यो दिन वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव ७६ प्रतिशतले घटेको छ भने विकास बैंकको १ दशमलव ३६ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव १९ प्रतिशत, निर्जीवनको शून्य दशमलव २८ प्रतिशत र जीवन बीमाको शून्य दशमलव शुन्य ७ प्रतिशतले परिसूचक घटेको छ ।

जलविद्युत र बैंकिङ्ग समूहको परिसूचक सर्वाधिक बढेको आइतवारको बजारमा सेञ्चुरी कमर्सियल बैंक र अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य उच्च दरमा बढेको छ । सेञ्चुरी कमर्सियल बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले बढेको हो छ भने अपर तामाकोशीको ९ दशमलव ९३ प्रतिशतले बढेको हो ।

सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता रू २७ ले बढेर अन्तिम मूल्य रू २९८ पुगेको छ भने अपर तामाकोशीको प्रतिकित्ता रू ७४ ले बढेर अन्तिम मूल्य रू ८१९ पुगेको छ ।

यस दिन सर्वाधिक मूल्य बढ्ने पाँच ओटा कम्पनीमा यी दुई कम्पनीसँगै युनाईडेड ईदी मर्दी आरबी हाइड्रोपावर, रिडी हाइड्रोपार र सिभिल बैंक रहेका छन् । युनाइटेड मर्दीको ७ दशमलव २५ प्रतिशत अर्थात् प्रतिकित्ता रू ३३ ले बढेर अन्तिम मूल्य रू. ४८८, रिडी हाइड्रोपावरको ६ दशमलव २६ प्रतिशत अर्थात प्रतिकित्ता रू। ३५ ले बढेर अन्तिम मूल्य रू ५९४ र सिभिल बैंकको ६ दशमलव शून्य ९ प्रतिशत अर्थात् प्रतिकित्ता रू १७ ले बढेर अन्तिम मूल्य रू २९६ पुगेको हो ।

यस दिन सर्वाधिक शेयरमूल्य गोर्खाज फाइनान्स लिमिटेडको घटेको छ । उक्त कम्पनीको ४ दशमलव ३७ प्रतिशत अर्थात् प्रतिकित्ता रू ५१ ले घटेर अन्तिम मूल्य रू १ हजार ११५ कायम भएको हो ।आइतवार रू ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार बराबरको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२७ कम्पनीको ८२ हजार ५५ पटकको व्यापारमा भएको हो ।
कुल कारोबारमा यस दिन सर्वाधिक हिस्सा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले ओगटेको छ । कम्पनीको रू ४० करोड ७० लाख २५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि ५ दशमलव २६ प्रतिशत बढेको छ । प्रतिकित्ता रू १७ ले बढेर कम्पनीको अन्तिम मूल्य रू ३४० कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस