४० लाख भन्दा बढीले प्यान नम्बर लिए

सरकारले स्थायी लेखा नम्बर अनिवार्य गरेसँगै पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेहरू निकै बढेको अर्थमन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कूल ४० लाख ४३ हजार ७ सय ९४ जनाले प्यान लिएका छन ।

मन्त्रालयका अनुसार सो अवधिमा दर्ता भएका कूल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार ७४ पुगेका छ भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २४ लाख ४१ हजार ५ सय ८६ पुगेको छ ।

करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ९ हजार १ सय ३४ पुगेको छ । मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ८८ हजार ७ सय ८ पुगेको छ । उता, अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ११ हजार ४ सय ९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस