मनाङमा पक्की पुल जोगाउँदै सशस्त्र प्रहरी

मनाङको जिल्लाको सदरमुकाम र माथिल्लो मनाङलाई जोड्ने पक्की पुलमा बाढीले रुखहरू ल्याएर थुपारेकाले पुल भत्काउने खतरा बढेपछि त्यहाँ सशस्त्र प्रहरीका जवानहरूले मूढाहरु काटेर पन्छाउने प्रयास गरिरहेको छ ।

बाढीले पुल थुनिएकाले आइतबार सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्म मनाङको टोली परिचलित भएको थियो । गुल्मपति होमनाथ पन्थीको नेतृत्वमा खटिएको टोलीले पुललाई जोगाएको हो ।

यस वर्ष मनसुनले सिन्धुपाल्चोक जस्तै मनाङमा पनि बाढीले ठूलो क्षति पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस