भाईरल रीता रावत र सबिन आचार्यको पहिलो गीत “माया गरम्ला” सार्वजानिक भिडियो सहित !

भाईरल  रीता रावत र गायक सबिन आचार्यको आवाजमा रहेको  पहिलो गीत ‘माया गरम्ला’ बोलको नयाँ म्युजिक भिडियो सार्वजानिक भएको छ । युट्युव च्यानल कमल सरगमकाे अफिसीयलबाट २०७८ जेठ ११ गते उक्त म्युजिक भिडियो सार्वजानिक भएको हो ।

उक्त गीतमा पछिल्लो समय चर्चाको शिखरमा रहेका कमल सरगमकाे शब्द  र गाेविन्द पंगेनीको संगीत रहेको छ ।

निकै मार्मिक र मनछुने शब्दले भरिपूर्ण उक्त गीतले दर्शक र स्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।  यी दुईको स्वर तथा शब्द संगीतमा बनेको ‘माया गरम्ला’ले पनि सांगीतिक बजारमा चर्चा पाउने अपेक्षा गरिएको छ । काजिस श्रेष्ठको निर्देशन रहेको  ‘माया गरम्ला’ को भिडियोमा रीता रावत, कमल सरगम, सबिन आचार्य, विनाेद बम , सिरज गाैतम र  अपिक्षा पाैडेलले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस