गण्डकीका मुख्यमन्त्रीले आज विस्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज विश्वासको मत लिने भएका छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभाबाट बहुमत पाउन ३१ जना सांसदको साथ चाहिन्छ । तर मुख्यमन्त्री गुरूङको पार्टी नेकपा एमालेका २७ जना मात्रै सांसद छन् ।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीबाट गुरूङलाई हटाउन यस अघि देखि नै अभियान चलाएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीमा कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपाले अगाडि सारेका छन् । जनमोर्चाका तीन मध्य एक कृष्ण थापा मुख्यमन्त्रीको पक्षमा उभिएका छन् ।

बिपक्षी गठबन्धनलाई बहुमत पुर्याउन एक मतको आवस्यकता पर्दछ । प्रदेशमा माधवकुमार नेपाल पक्षका सांसद एक जना मात्र रहेका छन् ।
विपक्षी गठबन्धनले मुख्यमन्त्री गुरूङलाई मत नदिन आफ्ना सांसदलाई हिजो निर्देशन दिएका छन् ।

प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चा ३, जसपाका २ र स्वतन्त्र एक सांसद छन् ।

 

प्रतिक्रिया दिनुहोस