अनुदानको कोरोना खोप भोली काठमाण्डौ आईपुग्ने

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप भोली मंगलबार काठमाण्डौं आईपुग्ने भएको छ ।

जेठ १२ गते चीनीया राष्ट्रपति सि जिन पिङले जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन संवादमा १० लाख डोज खोप थप सहयोग दिने घोषणा गरे लगत्तै यो खोप आउन लागेको हो ।

चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ जाँदैछ। उक्त खोप लिएर जहाज मंगलबार बिहान नेपाल आइपुग्ने एयरलाइन्सले जनाएको छ। बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गर्ने र खोप स्थलमार्ग भएर आउने छ।

यसअघि चीनबाट ल्याइएको ८ लाख डोज खोप १८ वर्ष उमेर समूहका मानिसलाई लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस