‘चुनाव घोषणा गरेर त्यो गर्छु भनेर दुनियाँदारी कुरा गर्न मिल्दैन’

पूर्व अर्थमन्त्री तथा नेकपा माओवादीका नेता वर्षमान पुनले कामचलाउ सरकारका कामचलाउ अर्थमन्त्री विष्णु पौडेलले ल्याएको १६ खर्ब ४७ अर्व ५७ करोडको बजेट बेवारिसे बन्ने बताएका छन् । उनले अव छिटै संसद पुनःस्थापना भएर अध्यादेश खारेज हुने र नयाँ सरकार बन्ने भएकाले नयाँ सरकारले बजेटको स्वामित्व ग्रहण नहुने भएकाले यो बजेट बेवारिसे बन्ने बताएका हुन् ।

नेता पुनले बजेटबारे प्रतिक्रिया दिँदै भने ‘पहिलो कामचलाउ अर्थमन्त्रीको गैरजिम्मेवार बजेट । दोस्रो सरकार काम चलाउ सरकारले अत्यावाश्यक सेवा र कार्यहरु बाहेक अरु काम गर्न पाउँदैन ।’ ‘भोलि नयाँ सरकारले यसको स्वामित्व लिँदैन । त्यसरी स्वामित्व नलिँदा यो बजेट बेवारिसे हुन्छ’, पुनको भनाइ छ ।

‘जनप्रतिनिधि बिना कर लगाउन, करका दायरा घटाउन बढाउन पाइदैन । यो अनावश्यक र सस्तो लोकप्रियताका लागि गरेको छ । जसले चुनाव प्रभावित हुन्छ । यसमा गैरजिम्मेवार अर्थमन्त्रीको निन्दा गर्नुपर्छ, पुनले रातोपाटीसँग भने

साथै उनले आफैले घोषणा गरेको चुनाव प्रभाव पार्न गरिएको राजनीतिक अनैतिक कामका रुपमा बजेट भाषणलाई हेर्नुपर्ने बताए । ‘किनभने चुनाव घोषणा गर्ने अनि यो र त्यो गर्छु भनेर दुनियाँदारी कुरा गर्न मिल्दैन’, नेता पुनको भनाइ छ ।

उनले जनप्रतिनिधि विना कर लगाउन, करका दायरा घटाउन या बढाउन नपाइने भन्दै यो अनावश्यक र सस्तो लोकप्रियताका लागि गरेको टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहोस