१६ खर्ब ४७ अर्बको बजेट

सरकारले आगामी आर्थिक वर्ष २०७८र७९को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँबराबरको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।
आगामी आर्थिक वर्ष २०७८र७९मा सवा १० खर्ब राजस्व परिचालन गर्ने र साढे ५ खर्ब सार्वजनिक ऋण उठाउने भएको छ ।

अअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ बेहोर्ने लक्ष्य राखेका हुन् ।

बजेटका लागि आगामी आर्थिक वर्षमा ५ खर्ब ५९ अर्ब ऋण लिने उनले लक्ष्य राखेका छन् ।

अर्थमन्त्रीले २ खर्ब ५० आन्तरिक ऋण र ३ खर्ब ९ अर्ब बाह्य ऋण परिचालन गरिने लक्ष्य राखेका छन् । त्यस्तै, वैदेशक अनुदान ६३ अर्ब ३७ करोड परिचालन गरिने सरकारी लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस