उपत्यकामा खाद्यान्‍न पसल पनि बन्द, सवारी पास खारेज

उपत्यकामा निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयको आज बसेको संयुक्त बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै यो अवधिमा खाद्यान्‍न पसल पनि बन्द गर्ने निर्णय गरेको छ ।

तस्वीर : श्याम कुमार

हरियो सागसब्जीको हकमा भने बिहान ९ बजेसम्म पसल खोल्न पाइने निर्णय भएको छ । विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधनलाई सञ्‍चालनमा पनि रोक लगाइएको छ । यसअघि जारी गरिएका सवारी पास खारेज गरिएको छ ।

मृत्यु संस्कार, विवाह लगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइने तर एउटा सवारी साधनमात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्र अनुमति दिइने छ ।

निषेधाज्ञा उल्लंघन गरेको पाइए उल्लंघन गर्नेलाई कैद र जरिवानासमेत गर्ने गरी आदेश जारी गरिएको छ । आदेशका प्रावधान पछिल्लो पटक जारी गरिएको कोभिडसम्बन्धी अध्यादेशअनुरुप हुने ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस