भाइरल ममता खड्काको अभिनय रहेको ‘रातमा भेट्न जाती’ नयाँ म्युजिक भिडियो सार्वजनिक

खस भाषाबाट भाइरल भएकी ममता खडका र  मोडेल रन्जीता गुरूङको प्रमुख अभिनय रहेको  ‘रातमा भेट्न जाती’  नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गायिका देवी घर्ती र गीतकार केशर ओलीको आवजमा रहेको गीत ‘रातमा भेट्न जाती’  उक्त म्युजिक भिडियो राप्ती मिडिया नेपालबाट २०७८ वैशाख ३१ गते शुक्रबार  सार्वजानिक भएको हो । उक्त गीतमा केशर ओलीकै शब्द तथा संगीत रहेको छ ।

निकै मार्मिक र मनछुने शब्दले भरिपूर्ण उक्त गीतले दर्शक र स्रोताको मन जित्ने अपेक्षा गरिएको छ । 

यी दुईको स्वर तथा शब्द संगीतमा बनेको ‘रातमा भेट्न जाती’ले पनि सांगीतिक बजारमा चर्चा पाउने अपेक्षा गरिएको छ । विशाल वैरागीको निर्देशन रहेको ‘रातमा भेट्न जाती’को भिडियोमा  ममता खडका, रन्जीता गुरूङसंगै रिया, दिनेश र  रोशनले अभिनय गरेका छन् ।

राजेन्द्र सुवेदीको एरेन्ज रहेको उक्त गीतको  मिक्सिङ भने सन्तोस पौडेलले  गरेका छन् ।

प्रतिक्रिया दिनुहोस