प्रहरीले मुख्य चोकहरुमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ ।
सोमबार जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्क सहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोनाबाट जोगिन आग्रह गरेको छ ।
प्रहरीले माइकिङ गरेर मास्क, सेनिटाईजर र सामजिक दुरी कायम गर्न आग्रह गरेको छ ।
पहिलो चरणमा सचेतना अभियान शुरु,दोस्रो चरणमा सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ । गौशाला चोकमा माइकिङ गर्दै महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी जितेन्द्र बस्नेतले भने, ‘अब, मास्क नलगाई हिँडे जरिवाना गर्छौं ।’
प्रतिक्रिया दिनुहोस