आज कीर्गिस्तान बिरुद्ध नेपाल भिड्दै

कीर्गिस्तान र बंगलादेश सम्मिलित त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल अन्तर्गत नेपालले आज कीर्गिस्तान बिरुद्ध भिड्दै छ ।

दशरथ रंगशालामा साँझ ५ः३० बजेपछि खेल शुरु हुने भएको छ । नेपालले कप्तान किरण चेम्जोङको कप्तानीमा टोली मैदानमा उतार्ने छ । यस अघि पहिलो खेलमा कीर्गिस्तान बंगलादेशसँग पराजीत भएको थियो ।

प्रतियोगिता हेर्न जाने दर्शकका लागि मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विज्ञप्ति जारी गर्दै त्रिदेशीय फुटबल हेर्न दर्शकलाई मास्क र सेनिटाइजर अनिवार्य गरेको हो ।

प्रतिक्रिया दिनुहोस