गत वर्ष कोरोना महामारीका कारण गरिएको लकडाउनसँगै सीमा नाका बन्द गरिएका थिए । कोरोना संक्रमण घट्दै गए पछि लामो समय पछि खुलेका भारतीय सीमा नाकाहरुमा पुनः आवत जावतमा कडाई शुरु गरिएको छ ।
भारतमा ठूलो संख्यामा कोरोना संक्रमित बढ्न थालेसँगै नेपालमा पनि केही संक्रमणको दर बढ्न थालेको छ । भारतबाट आवत जावतका क्रममा संक्रमण प्रसार हुन सक्ने खतराका कारण सीमा नाकाहरुमा कडाई गर्न शुरु गरिएको छ ।
भारतमा नयाँ कोरोनाको लहर देखिएसँगै त्याहाँ काम गर्न पुगेका नेपालीहरु धमाधम फर्कन थालेका छन् । उनीहरुको एन्टीजेन परीक्षण कतिपय नाकामा भएको छ ।
कोरोनाको संभावित जोखिम न्युनीकरणका लागि सतर्कता अपनाउन शुरु भएको हो । मुख्य नाकामा कडाई गर्न थालिए पछि चोर बाटोबाट पनि मानिसहरुको आउजाउ बाक्लिएको पाईएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस