तरकारीको मूल्यमा व्यापारीको मनपरी

बजारमूल्य हस्तक्षेप तथा नियन्त्रण गर्न सरकारले हरेक वर्ष बजेट विनियोजन गरे पनि महँगी नियन्त्रणमा आउन सकेको छैन । यसको सट्टा बजारमूल्य वर्षेनी बढेको बढ्यै छ ।
डोटी जिल्लाका प्रमुख व्यापारी केन्द्रहरुमा पछिल्लो समय तरकारीको मूल्य एकाएक वृद्धि भएको छ । दैनिक भान्सामा प्रयोग हुने तरकारीको मूल्य बढेपछि उपभोक्ता आक्रोशित बन्दै गएका छन् ।

व्यापारीले तरकारीमा मनपरी मूल्य कायम गरेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने उपभोक्ताको माग छ । विगत एकहप्तादेखि डोटीमा हरियो तरकारीको मूल्य अस्वभाविक रुपमा बढेको उपभोक्ताको गुनासो छ । तरकारीको मूल्य बढेपछि यहाँका होटल तथा स्थानीय उपभोक्ता बढी मारमा परेको दिपायल पिपल्लाका स्थानीयवासी मानबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ताको मागअनुसार तरकारी आउन छोड्यो, व्यापारीले मनपरी मूल्य काम गरे नियन्त्रण गर्ने कसले ।”

यसैगरी तरकारीसँगै फलफूलको मूल्यमा समेत वृद्धि भएको बताइएको छ । फलफूलहरुमा स्याउ, अनार, सुन्तलालगायतका मूल्य बढेको उपभोक्ताको गुनासो छ । स्थानीय उपभोक्ता रामसिंह कार्कीका अनुसार यहाँका तरकारी बजारमा सबैभन्दा बढि गोलभेँडाको भाउ बढेर प्रतिकिलो रु २०० तथा प्याजको मूल्य पनि रु २०० पुगेको छ । केही दिन पहिले प्रतिकिलो रु १०० मा पाउने गरेको गोलभेँडा एकाएक दुईगुणाले वृद्धि भएको अर्का उपभोक्त वीरभान विकले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा बढी प्रयोग हुने प्याज र गोलभेँडा हो, त्यसैको भाउ बढेपछि कसरी घर खर्च चलाउने ।”

पर्याप्त मात्रामा पानी नहुँदा यहाँका कृषकले बेमौसमी तरकारी खेती निकै कम गर्दै आएका कारण तराईबाट तरकारीलगायत अन्य सामग्री आयात गर्नुपरेकाले मूल्यवृद्धि भएको श्रीवास्तव तरकारी पिपल्लाका व्यापारी महेश श्रीवास्तवले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गाउँबाट तरकारी खासै आउँदैन, तराईबाट तरकारी आयात गर्नुपरेका कारण मूल्य वृद्धि भएको हो, तराईमै मूल्य बढेका कारण यहाँ पनि मूल्य बढेको हो ।”

छिमेकी जिल्ला डडेल्धुरा, कैलाली, कञ्चनपुरबाट यहाँ वर्षेनी तरकारी आयात गरिँदै आएको छ । त्यस्तै बजारमा अहिले आलु प्रतिकिलो रु १५०, लौका प्रतिकिलो रु ९०, हरियो खुर्सानी प्रतिकिलो रु १५०, स्मिला प्रतिकिलो रु ८० रहेको तरकारी व्यापारी बताउँछन् । यति मात्र नभई यहाँको बजारमा तरकारीको मूल्य एकरुपता नभएका कारण व्यापारीले पसलैपिच्छे तरकारीको मूल्य अलग–अलग लिने गरेको उपभोक्ताको गुनासो छ । दिपायलका स्थानीयवासी दिनेशबहादुर खत्रीका अनुसार यहाँका तरकारी पसलमा पसलैपिच्छे अलग–अलग मूल्य लिइँदै गरेको छ । मूल्यमा एकरुपता ल्याउनका लागि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन् ।

मूल्यवृद्धि भएका वस्तुमध्ये यी त केही उदाहरण मात्र हुन् । राजनीतिक अस्थिरतासँगै बजारमूल्यमा चलखेल बढ्दो छ । मूल्य बढ्नुका खास कारण नभए पनि व्यवसायीले आफूखुसी मूल्य तोकेका छन् । बजारमा तरकारी, तेल र खाद्यन्नको मूल्य वृद्धि अनियन्त्रित भए पनि यो साता यससँग सम्बन्धित बजार अनुगमन भने कुनै निकायबाट हुन सकेको छैन । तरकारी, खाने तेल र खाद्यन्नको मूल्यले उपभोक्ताको ढाड सेकिएको बेला जिल्लास्थित बजार अनुगमन समितिले अनुगमनलाई प्रभावकारी बनाउन नसकिएको उपभोक्ताको गुनासो छ । “मूल्य बढ्नुको एउटै कारण राजतीनि नै हो”, स्थानीय उपभोक्ता मानबहादुर धामीले भन्नुभयो, “त्यसैको मौकामा ठगी गर्ने व्यवसायी थप सलबलाएका छन् ।”

पछिल्लो समय तरकारी, खाने तेल र खाद्यान्नको मूल्य पनि क्रमिक रूपमा बढ्दै गएको छ । तर बजा अनुगमन समितिले हस्तक्षेप गर्न सकिएको छैन् । हुनत् समितिले अनुगमन नै नगरेको पनि होइन । तर प्रभावकारी हुन नसकेको उपभोक्ता अधिकारकर्मीहरुको भनाइ छ । अनुगमन भएपनि त्यो सङ्ख्यात्मक र देखावटी मात्र भएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । “सङ्ख्या बढाउने अनुगमनले बजार सुधार हुँदैन । भएको पनि छैन”, उनीहरुले भन्नुभयो, “अनुगमन जागिर र भत्ताका लागि मात्रै हुँदा उपभोक्ताले राहत महसुस गर्न पाएका छैनन् ।” कानूनविपरीत काम गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्ने उनीहरुको भनाइ छ ।(रासस)

प्रतिक्रिया दिनुहोस
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
कार्यस्थलमा वरिष्ठबाट दबाव र घरमा कलहले केही तनाउ ल्याउन सक्छ - जसले तपाईंका कामको एकाग्रतामा बाधा पुर्याउन सक्छ। जोडी मायालु हुनेछ। तपाईंको आफ्नो प्रिय / जोडीले गरेको फोनले तपाईंको दिन शुभ हुनेछ। नयाँ उद्यमले लोभ्याउँछन् र राम्रो लाभको प्रतिज्ञा गर्नेछन्। आध्यात्मिक गुरू वा बुजुर्गले मार्गदर्शन गर्नेछन्। तपाईंको जोडी आफ्नो जीवनमा तपाईंको मूल्य वर्णन गर्दै केही सुन्दर शब्दहरू लिएर आउनेछन्।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अरूसँग खुसी क्षणमा भागीदारी हुनाले तपाईंको स्वास्थ्य फूल्नेछ। तर सावधान रहनुहोस्। यदि यसो गर्नुभएन भने तपाईंलाई पछि समस्या हुनेछ। लामो अवधिको लाभको लागि स्टक र आपसी धन लगानीमा सिफारिस गरिन्छ। घरेलु मुद्दाहरूमा तत्काल ध्यान दिनु आवश्यक छ। कुनै व्यापार शो र सेमिनारमा भाग लिनाले तपाईंको व्यापारको सम्पर्कमा सुधार गर्न मद्दत हुनेछ। यो तपाईंका जीवनसाथीसँग रोमान्स गर्ने राम्रो दिन हो।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आफ्ना जोडीका स्वास्थ्यको उचित हेरचाह आवश्यक छ। एउटा नयाँ आर्थिक सम्झौता तय हुनेछ र नयाँ पैसा प्राप्त हुनेछ। तपाईंको हँसिलो प्रकृतिले वरिपरिको वातावरण उज्यालो पार्नेछ। कसैले तपाईंको प्रसंशा गर्न सक्छ। कार्यस्थलमा वरिष्ठ साथै सहयोगिहरुबाट समर्थन प्राप्त हुनाले तपाईंको हौसला बढ्नेछ। बाहिरी मान्छेको हस्तक्षेपले आफ्नो वैवाहिक जीवनमा रोकावट प्रदान गर्नेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईंलाई साह्रै तनाउ भएको महसुस भयो भने - बच्चाहरुसँग बढी समय बिताउनुहोस्। तिनीहरूको न्यानो अंकमाल / लुटुपुटु वा निर्दोष मुस्कानले तपाईंलाई आफ्नो दुःखबाट छुटकारा मिल्न सक्छ। तपाईंलाई प्रेम र हेरचाह गर्ने मान्छेको साथ दिन केही गुणस्तर समय बिताउनुहोस्। आज रोमाञ्चक दिन हुनेछ किनकि तपाईंले आफ्नो प्रियबाट उपहार / इनाम प्राप्त गर्नुहुनेछ। स्थापित र भविष्यको रुझानमा तपाईंलाई केही दिन सक्ने मान्छेसँग आबद्ध हुनुहोस्। तपाईंका वरिपरिका मानिसहरूलाई यस्तो काम गर्न सक्नेछन् जसले गर्दा तपाईंको जीवनसाथी फेरी तपाईंमा समर्पित हुनेछन्।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
स्वस्थ रहनको लागि आहार नियन्त्रणमा राख्नुहोस् र नियमित व्यायाम गर्नुहोस्। अचानक धनको लाभ हुनाले तपाईंको बिल र तत्काल खर्च पूरा गर्नेछ। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोस् किनकि यसले तपाईंका हजुरबा हजुरआमाको भावनामा चोट लाग्न सक्छ। फतफताएर आफ्नो समय बर्बाद गर्नुभन्दा मौन बस्नु राम्रो हो। हामी समझदार गतिविधिहरुको माध्यमबाट जीवनको अर्थ दिन्छौं भनेर बुझ्नुहोस्। तिनीहरूलाई तपाईंले ध्यान राख्नुहुन्छ भन्ने महसुस गराउनुहोस्। तपाईंले आफ्नो प्रियको काखमा सान्त्वना पाउनुहुनेछ। कामको समयमा तपाईंका कामको प्रशंसा गरिनेछ। खुशीयाली यात्रा सन्तोषजनक हुनेछ। तपाईंलाई पाएर तपाईंको जोडी आफैंलाई भाग्यमानी मान्छ जस्तो लाग्छ। आज यस क्षणको राम्रो उपयोग गर्नुहोस्।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईंको दिने मनोवृत्तिको फल प्राप्त हुनेछ किनकि तपाईं शंका, निराशा, विश्वासको कमी, लोभ, आसक्ति, घमण्ड र डाह जस्ता धेरै दोषबाट मुक्त हुन सक्ने सम्भावना छ। अरूले भनेको मानेर लगानी गरेमा आज आर्थिक घाटाको सम्भावना देखिन्छ। परिवारका सदस्यहरूको मद्दतले तपाईंको आवश्यकतामा ध्यान दिनेछ। तपाईंले आज आफ्नी सपनाकी राजकुमारी भेटेकोले तपाईंका आँखा आनन्दले प्रकाशित भए र मुटुको धडकन पनि छिटो भयो। नयाँ परियोजना र खर्चमा रूचि नलिनुहोस्। तपाईंले आज आफ्नो विवाह यति सुन्दर कहिल्यै भएको थिएन भन्ने महसुस गर्नु हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
निराशावादी मनोवृत्तिबाट बच्नुपर्छ किनभने यसले तपाईंका सम्भावनाहरूलाई कम मात्र गर्दैन, शरीरको सामंजस्यमा पनि बाधा गर्नेछ। लामो अवधिको दृष्टिले लगानी गरिनु आवश्यक छ। बच्चाहरुले तपाईंलाई घरेलू काम पूरा गर्न मद्दत गर्नेछन्। कसैको लागि बिहेको बाजा र कसैले आफुलाई ठूलो सोखमा राख्ने रोमान्स पाउनुहुनेछ। आफ्नो काम र आफ्नो प्राथमिकतामा ध्यान दिनुहोस्। आज, तपाईंले आफ्नो जोडीसँग जीवनको सबैभन्दा राम्रो साँझ बिताउन पाउनु हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
बच्चाहरुले तपाईंको साँझ रमाइलो पार्नेछन्। नीरस र व्यस्त दिनलाई बिदा गर्न एउटा राम्रो खाने योजना गर्नुहोस्। उनीहरूको भेलाले तपाईंको शरीरलाई पुन ऊर्जा दिनेछ। आफन्तहरूको घरमा भेटघाटको लागि छोटो यात्रा गर्नाले आफ्नो दैनिक व्यस्त तालिकाबाट सान्त्वना र विश्राम मिल्नेछ। तपाईंको प्रेम नयाँ उचाइमा पुग्नेछ। आजको दिन आफ्नो प्रेमको मुस्कानबाट सुरु हुनेछ, र एक-अर्काको सपनामा अन्त हुनेछ। लघु अवधिका कार्यक्रममा आफुलाई संलग्न गर्नुहोस् जसले तपाईंलाई नवीनतम प्रविधिहरू र कौशल सिक्न मद्दत गर्नेछ। छुने, चुम्बन, अंकमाल आदि कुराको वैवाहिक जीवनमा विशेष महत्त्व छ। तपाईंले यसलाई आज अनुभव गर्नु हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
कार्यस्थलमा वरिष्ठबाट दबाव र घरमा कलहले केही तनाउ ल्याउन सक्छ - जसले तपाईंका कामको एकाग्रतामा बाधा पुर्याउन सक्छ। तपाईं आफ्नो सोख गरेर साथै परिवारका सदस्यहरूलाई मद्दत गरेर केही समय बिताउन सक्नु हुनेछ। अनपेक्षित रोमान्टिक झुकाव हुनेछ। आफ्नो लक्ष्यमा लागिरहने राम्रो दिन। लक्ष्यहरूलाई हासिल गर्न आफुलाई निरन्तर अघि बढाउने काम गर्न आफ्नो शरीर ऊर्जा थप्नुहोस्। तपाईंले यस विषयमा आफ्नो मित्रको सहयोग लिन सक्नुहुन्छ। यसले तपाईंको हौसला बढाउनेछ र तपाईंका लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ। यो दिन तपाईंका वैवाहिक जीवनको सबै भन्दा राम्रो दिन हुन सक्छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
तपाईंले आफ्नो बुद्धि कौशलता र कूटनीतिलाई आफ्नो मन बिरोल्ने समस्याहरूको समाधान गर्नको लागि प्रयोग गर्नु आवश्यक छ। व्यस्त र तनाउपूर्ण यात्रा गर्नुहोस् - तर आर्थिक फाइदा भने होस्। परिवारका सदस्यहरूसँग शान्तिपूर्ण र शान्त दिनको आनन्द लिनुहोस् - मान्छे समस्याहरू लिएर तपाईंसँग आए भने - तिनीहरूलाई बेवास्ता गर्नुहोस् र यसले तपाईंको मन खिन्न पार्न नदिनुहोस्। सेक्सको इच्छित परिणाम पाउनु हुनेछ। तपाईंले कठिन जस्ता देखिने समस्याहरूको हल गर्न आफ्ना सम्पर्कमा भएका मान्छेहरूको प्रयोग गर्न आवश्यक छ। तपाईंले आज आफ्नो विवाह यति सुन्दर कहिल्यै भएको थिएन भन्ने महसुस गर्नु हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आफ्नो वजनमा ध्यान दिनुहोस् र धेर नखानुहोस्। साथीहरूसँग साँझमा बाहिर निस्किनुहोस्, यसले धेरै राम्रो गर्नेछ। लामो समयसम्म एक्लो काटेको समयको अन्त भयो - तपाईंले आफ्नो जीवनसाथी पाउने समय आएको छ। प्रतिस्पर्धात्मक परीक्षाका लागि परीक्षा दिनेहरूले आफुलाई शान्त राख्नु आवश्यक छ। परीक्षाको डरले तपाईं सताओस। तपाईंको प्रयासले निश्चित सकारात्मक परिणाम ल्याउनेछ। तपाईंले आज आफ्नो जोडीसँग आफ्नो जीवनको सबै भन्दा राम्रो दिन बिताउनु हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तपाईंलाई दाँत दुख्ने वा पेटमा गडबढीले केही समस्याको सिर्जना गर्न सक्छ। तुरुन्तै राहत प्राप्त गर्न चिकित्सकको सल्लाह लिनुहोस्। वित्तमा निश्चित बढोत्तरी हुनेछ - तर त्यही समयमा व्ययमा पनि वृद्धि हुनेछ। आफ्नो ठूलो पार्टी सबैलाई लिनुहोस् - आज तपाईंसँग आफ्नो समूहको लागि कार्यक्रम संगठित गर्ने ऊर्जाको अतिरिक्त मात्रा हुनेछ। आज प्रेमको परमानन्दमा तपाईंको सपना र वास्तविकताको मिश्रण हुनेछ। आफ्नो वैवाहिक जीवनका धेरै उकाली र ओराली पछि, आज एकअर्काप्रति आफ्नो प्रेम देखाउने सुनौलो दिन हो।
यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको…