नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बीच भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेको छ । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच वार्ताका क्रममा भएको तीन बुदे सहमति सँगै भोली बिशेष कार्यक्रम राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संवोधन गर्नेछन् ।
सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने, सम्पुर्ण बन्दीहरु रिहा गर्ने र नेता कार्यकर्तामाथि लगाइएका सबै मुद्दाहरु खारेज गर्ने सहमति भएको छ ।
त्यस्तै नेकपाले उठाउँदै आएका सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने र आपना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा संचालन गर्ने सहमति भएको छ ।