नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीसँग कुनै पनि हालतमा एकता नहुने बताएका छन् । सो समुह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई आज संवोधन गर्दै नेपालले बालुवा पेलेर तेल निस्कनु र ओली सुध्रिनु उही भएको टिप्पणी गरे । उनले वामदेव गौतमले पार्टी एकताका लागि प्रयास गरीरहेको सन्दर्भमा सो अभिव्यक्ति दिएका हुन् ।
शुरुमा वामदेव गौतमले नै स्थायी समितिमा प्रधानमन्त्री ओली सबै भन्दा खराब मान्छे भनेर राजीनामा मागरेको तर अहिले सुधार्छु भनेर लागेको भन्दै त्यो संभव नभएको नेपालको तर्क छ ।
उनले संसद पुनस्थापना पछि एउटा लँडाई जितिए पनि केपी ओलीलाई पदबाट नहटाउदा सम्म अर्को लँडाई जारी रहने बताए ।
केपी ओलीलाई पूर्व एमालेको कुनै माया नभएको भन्दै उनले मदन भण्डारी फाउन्डेसनको नाममा गुट चलाईरहेको पनि नेपालको दाबी छ ।
प्रतिक्रिया दिनुहोस