मुस्ताङ्गमापनि पहिलो चरणको भ्याक्सिन लगाईयो

जोमसोम÷ मुस्ताङमा फागुन २ गतेदेखि फागुन ९ गतेसम्म ५२३ जना व्यक्तिले कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाएका छन् ।


जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाए अनुसार मुस्ताङ्ग जिल्लामा स्वास्थ्य मन्त्रालयको कार्यतालिका बमोजिम मुस्ताङमा जनप्रतिनिधि  कर्मचारी,  जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, पत्रकार र कार्यालयमा कार्यरत कर्मचारीले कोभिड भ्याक्सिन लगाएका छन् । कोभिड भ्याक्सिन लगाउने पुरुष ४१४ र १०९ जना महिला छन् ।

प्रतिक्रिया दिनुहोस