१० लाख रकमसहित दुई महिला पक्राउ

१० लाख रुपैयाँसहित स्रोत नखुलेको दुई जना महिला सप्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका(५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास छन् ।

सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार बीओपी तिलाठीको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा उक्त रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस