ओलीको पुतला बनाइ विद्यार्थीले गरे जुत्ता प्रहार

नेकपा प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियूले प्रधानमन्त्री केपी ओलीको पुतला बनाइ जुत्ता प्रहार गरेका छन् ।

सोमबार नारायणहिटी सङ्ग्रहालय अगाडि विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई ‘प्रतिगमन’को प्रतीक भन्दै उनको पुतला बनाएर जुत्ता हानेका हुन् ।

ओलीले प्रतिनिधि सभा विघटन लगायतका कदम प्रतिगमनकारी भएकाले साङ्केतिक रुपमा प्रतिगमनकारीको पुतला बनाएर जुत्ता प्रहार गरिएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस