विप्लवले सरकारसँग वार्ता गर्छौं हामी, वार्ता गरेर समाधानमा जान्छौं : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वार्तामा आउँछु भन्दा कतिपयलाई छटपटी भएको बताएका छन् । ओलीले भनेका छन्, ‘पृथकतावादको कुरा छाडेर सीके राउत मुलधारको राजनीतिमा आउँछु भने अब विप्लव वार्ता गर्छु भन्दैछन्, केहीलाई छटपटी भएको छ ।’

चन्द्रागिरिको दहचोक–१ मा पाँचौं इन्द्रदह पर्यटन उत्सवको उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले विप्लव समूहसँग सरकारले वार्ता गर्छौंभन्दा केही तत्वलाई टाउको दुखेको पनि बताए । उनले भने, ‘हतियार उठाइरहेका, व्यवस्थाको विरोध गरिरहेका विप्लव समूहका नेता विप्लवले सरकारसँग वार्ता गर्छौं हामी, वार्ता गरेर समाधानमा जान्छौं भनेर वक्तव्य निकालेछन् । कतिपयलाई आतंक छ ।’

प्रतिक्रिया दिनुहोस