आज ८० जना कोरोना संक्रमित , १२१ डिस्चार्ज

आज ८० जना कोरोना संक्रमित भएका छन् । देशभर ३ हजार ३ सय २५ जनामा गरिएको पीसीआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् । कुल संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ ।
यसै गरी २४ घण्टामा १२१ जना डिस्चार्ज भएका छन् । कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ ।
अहिले सम्म २०६१ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस