१० लाख डोज कोभिशील्ड नेपाल आईपुग्यो

भारतलाई अग्रिम भुक्तानी दिएर अर्डर दिएको २० लाख डोज कोरोना खोप मध्य १० लाख डोज आज आएको छ ।

भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादिन ‘कोभिशिल्ड’ खोप नेपाल ल्याइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसारने पाल सरकारले २० लाख डोज खोप खरिदका लागि यही फागुन ५ गते गरेको सम्झौताअनुसार आज १० लाख डोज ल्याइएकोे खोपलाई टेकु स्थित शीत भण्डारमा राखिएको छ ।

बाँकी १० लाख डोज पनि छिट्टै लाइने मन्त्रालयका प्रवक्ता डां. जागेश्वर गौतमले बताएका छन् ।
आइतबार आउने यो खोप पहिलो चरणमा ६० वर्ष उमेर भन्दा माथिका ज्यष्ठ नागरिकलाई दिईनेछ ।

प्रतिक्रिया दिनुहोस