सरकारले स्वईच्छाचारी ढङ्गले अन्याय गर्यो : प्रदेश प्रमुख परियार

न्याएकालागि म अदालत जान्छु

शुक्रबार सरकारले प्रदेश नं. दुईका प्रदेश प्रमुख तिलक परियारलाई पद मुक्त गरेसंगै उनी असन्तुष्ट रेहेका छन् ।

प्रदेश २ को प्रमुखबाट बर्खास्त गरिएपछि निवर्तमान प्रदेश प्रमुख तिलक परियारले सरकारको यस निर्णयबाट आफू अचम्ममा परेको बताएका छन्।

मैले इमान्दारीपूर्वक निष्पक्षता र तटस्थताको भूमिका निभाउँदै आएको थिएँ। उनले भने, ‘कमसेकम मलाई स्पष्टीकरण दिने अवसर समेत समय दिनुपर्ने थियो तर त्यस्तो कुनै जानकारी गराइएन त्यसैले कानुनी उपचार खोज्छु। सरकारले नियम कानुन मिचेर स्वईच्छाचारी ढङ्गले म माथि अन्याय गर्यो । न्याएकालागि म अदालत जान्छु।

उनले आशंकाको भरमा नै पदमुक्त गर्न नमिल्ने र यसका लागि तथ्य र प्रमाण आवश्यक रहेको बताए। आफूलाई पूर्व जानकारी हुनुपर्नेमा कुनै जानकारी नै दिइएन, उनले भने,‘मलाई कुनै किसिमको वार्निङ्ग समेत उहाँहरुले दिनुभएको छैन।

प्रतिक्रिया दिनुहोस