थप ९७ जनामा कोरोना संक्रमण , ३ को मृत्यु

२४ घण्टामा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा २ हजार ९ सय ३१ पिसिआर परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको छ ।

यस्तै गत २४ घण्टामा थप १ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ७ प्रतिशत हो ।

गत २४ घन्टामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस