लद्धाखमा भारतीय सेनासगँको झडपमा आफ्ना पाँच सैनिक मारिए – चीन

जुन १५, २०२० मा भारतीय सेनासगँको झडपमा आफ्ना ५ जना सेना मारिएको चीनले औपचारीक  रुपमा मारिएको बताएको छ । सो हिंशामा परी २० भारतीय सैनिक मारिएका थिए । भारतले ठूलो संख्यामा चीनीया सेना मारिएको दाबी गर्दै आए पनि चीन बोलेको थिएन । अहिले दुबै देश नियन्त्रण रेखाबाट पछि हट्न थाले पछि चीनले स्वीकार गरेको हो ।

चीनीया सेनाको पोर्टलमा प्रकाशित रिपोर्ट अनुसार चीनीया सेनाले बहादुरीका साथ ढुंगा, रड र किला प्रहार गरेर आफ्नो देशको सार्वभौम सत्ताको रक्षा गरेको उल्लेख छ । चीनीया सेनाले वार्ता गर्न भन्दै आएको भारतीय सेना ठूलो संख्यामा रहेको भए पनि बहादुरीसाथ प्रतिरोध गरेर उनीहरुलाई आफ्नो सीमानाबाट पछि हटाएको उल्लेख छ । केही जवानहरुले लडदा लड्दै पनि प्रमाणका लागि भिडियो र तस्वीर खिचेको समाचारमा उल्लेख छ ।

सो हिशात्मक झडप पछि युद्धउन्मुख स्थितिमा पुगेका दुबै देश अहिले आ आफ्नो सेना पछि हटाउन सहमत भएका छन् । चीन र भारतबीच करीब ४ हजार किलो मिटर लामो सीमा क्षेत्रमा लामो समयदेखि तनाव छ । सन् १९६२ मा दुबै देशले युद्ध गरेका थिए । जुन युद्धमा भारतले ठूलो क्षति ब्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस