“पर्बतमा रक क्लाइम्बिंङ एक अर्को साहसिक खेलको सम्भावना“

सचिन्द्र श्रेष्ठ, दुवई÷ शारिरिक व्यायामका र मनोरञ्जन मानिसलाई नभईनहुने चिज हो । यसको प्राप्तीका लागि मानिसहरुले प्रकृतिक तथा मानवले आफै निर्माण गरेर मनोरञ्जन, खुसीआनन्द प्राप्ती गर्ने गर्दछन् ।

यहि खुस्ी र आनन्द प्राप्तीको लागि हेरिने तथा खेलीने चिजबस्तुहरु चाहिने गर्दछन् । पर्वतजिल्ला पनि प्रकृतिकरुपले भरिपुर्ण जिल्ला हो । यहाँ धार्मिक तथा ऐतिहासिकरुपमा रहेका मठमन्दिर देखि लिएर अनौठा मानवनिर्मित पुल, केवुलकार, बन्जिजम्प निर्माण भईसकेका छन् भने, जिप लाईन बन्ने क्रममा रहेको छ । त्यसैगरी रक क्लाइम्बिंगको सम्भावना पनि उत्तीकै रहेको छ । एक व्यक्तिगत र जोखिम युक्त खतरनाक खेल हो जो ठुला ठुला पहाड,चट्टानमा चढ़नको लागि पर्याप्त समय र जोखिम मोलेर चढ़ने गरिन्छ ।


चढ़ने समयमा विभिन्न सामानको उपयोग गर्ने गरिन्छ । जुत्ता, डोरी, बैलड़ ,हेलमेटको प्रयोग गरेर सावधानी अपनाई सुरक्षित तरिकाले विभिन्न आकार, कोण सँग रक क्लाइम्बिंङ खेल तीव्रता र कठिनाई लाई पार गरेर आफ्नो निश्चित लक्ष्यमा पुगेर जित हासिल गर्नु यो खेलको बिशेषता हो।बिदेशमा पहाड चट्टान नभएका कारण भित्री खेलका रुपमा पर्याप्त यस्ता साहसिक खेल देख्न पाइन्छ ।
बाहिरीखेलको लागि हाम्रो जस्तो पहाड, चट्टानको अनगिन्ति डाडाहरूमा यस खेललाई निरंतरता दिई पर्यटक आगमन मा टेवा पुग्ने देखिन्छ । ज्ञादी कुश्मा झोलुङ्गपुलको पहरामा पनि यो साहसिक खेलको परिक्षण गरीएको भएपनि यसमा कसैले चासो दिएका छैनन् । कुश्माका बेलेवा साईडमा पनि यसको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस