शेयर बजारमा ऐतिहासिक रेकर्ड

दिन दिनै बृद्धि हुँदै गएको शेयर बजारले नयाँ रेकर्ड राखेको छ । पहिलो पटक नेप्से २६ सय अंकमाथि पुगेको छ । आज नेप्से परिसूचक १५.५० अंकले बढेर २६०१.५१ को विन्दुमा उक्लिएको छ। यो शेयरबजारमा नयाँ रेकर्ड हो ।

यो राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.९ अंकले बढेर ४७३.५३ को उचाइमा पुगेको छ। आज कारोबार रकम १० अर्ब माथि भएको छ। बजार अझै बढ्न सक्ने विष्लेषकहरुले आकलन गरेका छन् । आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ४ वटामा हरियाली छाएको छ ।

आज बैंकिङ समूह सर्वाधिक ३८.४१ अंकले उकालो लागेको छ। विकास बैंक समूह ६.४७ अंकले बढेको यो दिन उत्पादन तथा प्रशोधन समूहमा ५.५४ अंक र म्युचुअल फन्ड समूहमा ०.११ अंकको बढोत्तरी भएको छ।

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १११.४ अंकले ओरालो लागेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २०८ कम्पनीका १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९५५ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नबिल बैंकको सबैभन्दा धेरै ५४ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस