२६ औं जनयुद्ध दिवस, असंवैधानिक कु विरुद्ध ऐक्यबद्धता तथा बिधाइ कार्यक्रम सम्पन्न ।

मिति १४/०४/२०२१ का दिन अखिल भारत नेपाली एकता मन्च, तमिलनाडु – पुदुचेरी – केरला राज्य समिती द्वारा आयोजित बिदाइ तथा २६ औं महान जनयुद्ध दिबस र असंवैधानिक कु को विरुद्ध मा नेपालमा भइरहेको आन्दोलन को ऐक्यबद्धता कार्यक्रम समितिका उपाध्यक्ष केशर बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा आजको संघीय लोकतान्त्रिक गणतन्त्र भित्र रहेका बहुसंख्यक उपलब्धि हरुका लागि माग गर्दै महान जनयुद्ध दिबस शुरु भएको दिन तथा जनयुद्ध दिबस र त्यो संघर्षको महा समर तथा विभिन्न कालखण्डमा हाम्रो अधिकार प्राप्ती र परिवर्तनका लागी भएका संघर्षका मोर्चामा आजका प्राप्त उपलब्धीहरु ल्याउनको लागि आफ्नो अमुल्य जीवन लाई बलिदानि गर्ने महान र वीर सहिद हरुको सम्मान र सम्झना स्वरुप एक मिनेट मौन धारण बाट कार्यक्रम अगाडि बढेको थियो।

यस सगै बिधाइ भित्रको तीखो तर कटु भाबुकता र आशलाग्दा श्वेत चुनौतीहरु भित्र कार्यक्रमले प्रवेश गर्यो । संगठनका प्राय बिदाइ गर्ने बक्ता हरुको आसय समग्र र शारांशमा यसरी पोखिएको देखियो । हो जीवन संघर्षरत अविरल यात्रा हो, जिम्मेवारी हो , कर्तव्य हो , अधिकार हो र अन्य अन्य धेरै धेरै हो ।

हो यो उतार, चढाब, आरोह , अबरोह , ब्याक्ती एउटै समय अबधी एउटै तर कतैको मिलन हुदा कतै बिछोड हुने यो एक अबर्णनिय अनन्तको गणित हो । फेरि पनि यश गणित को संघर्ष भित्र संगठनका अभिबाबक हरु द्वय केन्द्रीय समिती सदस्य तथा राज्य समिती का अध्यक्ष लोक बहादुर क्षेत्री र राज्य बरिष्ठ सल्लाहकार पदम पुन तथा सांगठानिक सदस्य श्री हरि शर्मा ज्यु लाई भारी मनले तर आफ्नै मातृभुमी भित्र परिबर्तन को पक्षमा र बिकास को संघर्षमा केही इटा हरु थप्नु हुनेछ भन्ने बिश्वास का साथ बिदाइ गरिएको थियो ।

कार्यक्रम अगाडि बढ्ने क्रममा : धेरै महान सहिद हरुको उच्च बलिदानी , अङ्ग भङ्गता , बेपत्ता र विभिन्न संघर्ष पस्चात प्राप्त हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र भित्रका उपलब्धी हरुलाई खड्ग प्रसाद ओलि ले सनकको भरमा खड्ग प्रहार गरेपछि रगत र बलिदानी बाट साटिएका हाम्रा उपलब्धि हरुको रक्षा को लागि नेपाल भित्र सडकमा उत्रिएको आन्दोलनलाइ उक्त कार्यक्रम तथा भेलाले ऐक्यबद्धता जनाएको थियो । साथै राज्य समितिका बर्तमान अध्यक्ष लोक बहादुर क्षेत्री ज्यु को बिदाइ पश्चात् हुन गएको रिक्त अध्यक्ष पदमा त्यसै समितीका सचिब नारायण प्रसाद खनाल लाई नियुक्ति गरिएको छ ।
तस्बिर हरु

प्रतिक्रिया दिनुहोस