उफ! कस्तो जमात हो यो ? टाउकोमानै हान्दा पनि सहि रहने र उसैको समर्थन गर्दै अदभूत गुणगान गाइरहने आफैलाइ ३३ टाउकोमानै प्रहार गर्दा पनि ठिक गरिस अझै हान स तँ त मेरो मान्छे , टाउकै फुटे पनि सहन्छु भन्ने जमात धेरै भयो ।
कसैले हामी र हाम्रो भबिष्यमाथी प्रहार गरिरहदा अथवा हाम्रो टाउकोमा नै हान्न खोज्दा नहान म मर्छु भनी बिद्रोहगर्ने चेतना त राखौं
आफ्नो संबिधाननै मासेर सनकमा संसद विघटन गरेर के को भोज हो ? के को हर्षउल्लास हो ? संबिधान र संसद दुई दुई बर्षमा ढालेर सधै अस्थिरता, अराजकता, आन्दोलन, अबिकास बाहेक के हुन्छ ? अब संसद विघटन एक पटक सदर भयो भने अब आउनेसबै शासकहरुले यसैगरि आफूलाई रिस उठे विघटन गर्दछन् । अनि हामी लगायत हाम्रा सन्ततीहरु सधै यस्तै भुमरिमा फसीरहने ? बिग्रेको सिस्टम भित्र बाट कस्तो सफलता को आशा गर्ने ? जसले पायो उस्ले यो संबिधान ढलाउदा, संसद विघटन गराउदा के होला ? कति खर्च होला ? कति आन्दोलन, अराजकता, अस्थिरता भइरहला ? कति बिकासका योजना र कामहरु अबरुद्ध होलान ? देशको कति जनशक्ति अनावश्यक चुनाबको तयारिको लागि खटिनु पर्ला ? हाम्रा सन्तती को भबिस्य र हाम्रो भबिस्य के होला सोचौ फेरि पनि सोचौ हजार पटक सोचौ ।
कमसेकम हाम्रो (जिबनको भबिष्यमाथी ) टाउकोमा कसैले घनले हान्दा नहान भन्ने चेतना त राखौं ।
त्यसैले संसद पुनस्थापनाको पक्षमा अभिमत जाहेर गरौ । सिस्टम बचाऔं । मैदानसहि सलामतरहे भोलि आउने प्राय खेलाडिले अपेक्षित आउटपुट दिन सक्दछन । यदि नरहे ???–(लेखकः नारायण खनाल हाल ईजरायल)