सर्वाधिक राशीको भलिबल खेलप्रतियोगिता हुने

पर्वत÷कोभिड–१९ कोरोना भाईरसका कारण थप्प भईरहेका गतिविधि पुर्नजागरण हुन थालेका छन् । पहिलो पटक पर्वतमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ । पर्वतमा क्रियाशिल संस्था पुन युवाक्लबले मगर महोत्सवको अवसरमा १ लाख ५१ हजार रुपयाँको राशिफल रहेको भलिबल प्रतियोगिता हुने भएको हो ।


३७औ मगर दिवसको अवसरमा पर्वतको कुश्माबजार स्थित वडागाउँमा रहेको खेलकुद मैदानमा १५ फागुन देखि २५ फागुनसम्म मगरमहोत्सवको अवसरमा उक्त खेलकुद प्रतियोगिता हुने पुन युवा क्लवले कार्यक्रमको आयोजनागरि बुधार जनाएको छ ।

पुन युवा क्लवका अनुसार सो अवसरमा भलिबल प्रतियोगितामा प्रथमहुने टिमलाई १ लाख ५१ हजार र सिल मेडल र प्रमाणपत्र, द्धितियहुनेलाई १ लाख रुपयाँ सिल्ड, मेडल र प्रमाणपत्र र तृतियहुनेलाई ३० हजार रुपयाँ सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । महोत्सवमा भलिबल प्रतियोगिताको अलावा, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, पुख्र्याैली गित प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, लोकभजन चुड्का प्रतियोगिता र र्याली प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।
महोत्वसवका आर्कषणहरुमा बाल उद्यान, रमाईलो मेला, शैक्षिक प्रर्दशनी, स्थानीय खानाको परिकार, विश्वकै दोस्रो अग्लो बञ्जी जम्प साथै केबुलकार र झोलुङ्गे पुलहरुको अवलोकन, ुप्तेश्वर तथा अलपेश्वर लगायतका धार्मिकस्थलको अवलोकन गरिने पुन युवाक्लवका अध्यक्ष कृष्णपुनले जानाकारी दिए । कला, संस्कृतीको सम्वद्र्धनमा ऐक्यबद्धता, खेल, व्यापार तथा पर्यटन प्रर्वद्धनमा प्रतिबद्र्धता भन्ने मुलनाराका साथ हुने महोत्सवमा २२० स्टल राखिने र ८ वटा होटल रहने जनाईएको छ । करिब ५१ लाख खर्चहुने अनुमान गरिएको छ । महोत्सवस्थलमा स्वास्थ्य मापदण्ड अनुसार सेनिटाईजर र माक्सको प्रयोग अनिर्वाय गरिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस