आधुनिक गायिका सरिताको ‘नारी स्वरका कथा’ सार्वजनिक

नेपाली गायनमा संघर्ष गरेर आफ्नो फरक परिचय बनाएका गायिकाहरू समेटेर मोडल तथा गायिका सरिता भारतीले ‘नारी स्वरका कथा’ लिएर आएकी छन्।

पछिल्लो पुस्ताकी लोक–आधुनिक गायिका भारतीले दुई वर्षभन्दा लामो तयारीपछि यो पुस्तक ल्याएकी हुन्। पुस्तकमा गायिकाहरूको संघर्ष, अवरोह र सफलताको कथा समेटिएको छ।

यो पुस्तकलाई प्रकाशक र लेखकले संयुक्त रूपमा सार्वजनिक गरेका छन्। अघिल्लो पुस्ताका गायिकाहरू मीरा राणा, ज्ञानु राणा, चन्द्रकला शाह, कविता आले, उन्नति बोहरा ‘शिला’, त्यसपछिको पुस्ताका गायिकाहरू कुन्ती मोक्तान, लोचन भट्टराई, कोमल वली, इन्दिरा गुरुङदेखि पछिल्लो पुस्ताका गायिकाको संघर्षको कथा यो पुस्तकमा समेटिएको छ। 

आधा दशकदेखि गायनमा सक्रिय सरिता भारतीका एक दर्जन गीत बजारमा आएका छन्। उनको यो पहिलो पुस्तक हो।

संगीतमा कम्तीमा २० देखि ५० वर्ष तथा त्योभन्दा लामो समय संघर्ष गरेका लोकप्रिय गायिकाको कथा पुस्तकमा समेटिएको छ। नारी भएर गायनमा लाग्न गर्नु परेको संघर्षलाई यसमा समेटिएको पनि लेखक भारतीले बताएकी छन्।

प्रतिक्रिया दिनुहोस