आज ३३६ जना कोरोना संक्रमित, २२६ डिस्चार्ज, ४ को मृत्यु

आज ३३६ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ५ हजार ३० जनामा गरिएको परीक्षणमा ती संक्रमित भेटिएका हुन् । यो सँगै संकमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।

यसै गरी २२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । यो सँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ ।
यस्तै आज कोरोनाका कारण ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९७९ पुगेको छ ।

 सक्रिय संक्रमितको सख्या ३ हजार ७९९ जना रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस