भारतले नेपाललाई अनुदानमा दिएको १० लाख डोज कोरोनाको खोप काठमाण्डौं आईपुगेको छ ।
कोरोना खोप लिएर आएको एअर इन्डियाको विमान बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा रिसिभ गर्न विमानस्थल पुगेका थिए ।
भारतले सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई दिएको हो ।
पहिलो चरणमा आउने खोप कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मीहरुलाई दिइने छ ।
प्रतिक्रिया दिनुहोस