पर्वत÷ चिसो मौसम, देशमा कोरोना र राजनितिक माहोलको गर्मागर्मी, भईरहकैबेला उत्साहित सचेत विद्यार्थीहरु भने स्वास्थ्य सरसफाई अभियान लिएर गाउँनगरमा पुगेका छन् ।
मनमोहन मेमोरियल इन्टिच्युट अफ हेल्थ साइन्सकाठमाडौका जनस्वास्थ्य दोस्रो वर्ष अध्ययनरत विद्यार्थि र टिम नेपो पर्वतको सहकार्यमा स्वास्थ्य सरसफाई कार्यक्रम अभियान लिएर गाउँनगरमा पुगेका हुन् ।
कुश्मानगरपालि–९वडा अन्र्तगतपर्ने सहरिकरण उम्मुख कटुवाचौपारीमा स्वास्थ्य सरसफाई सम्वन्धि जनचेतनामुलक सरसफाईका कार्यक्रम गरिरहेका छन् । सो वडामा भएका महिला समुह, संघसंस्था तथा विद्यालयमा पुगेर विद्यार्थीहरुले सरसफाई सम्वन्धी सचेतना सम्वन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। बुधवार विद्यार्थीहरुको अगुवाई आईबल एकेडेमीका विद्यार्थीको सक्रिय सहभागितामा ठोस फोहोर व्यवस्थापन कार्यक्रम अन्र्तगत जनचेतना तथा अन्र्तक्रिया कार्यक्रम गरेको हो ।
अन्र्तक्रिया कार्यक्रम अगाडि आईवल एकेडेमी कटुवाचौपारीका विद्यार्थीहरुको सचेतना र्याली निकालीएको थियो । र्यालीले विभिन्न चेतनामुलक प्लेकार्ड लिएर कुनपा–९का विभिन्न ठाउँहरुमा पुगेर वडाकार्यालयमा आई अन्र्तक्रिया कार्यक्रम परिणत भएको थियो । कार्यक्रममा प्राङ्गगारिक मल बनाउने, फोहोरलाई पुन प्रयोग गर्ने, प्रसोधन गरेर नयाँबस्तु बनाउने र जनाउने फोहोरहरुको बारेमा जानाकारी गराईएको थियो । ठाउँठाउँमा डष्टविनपनि वितरणगरि राखीएको छ ।
जथाभावी फालिएका फोहोरलाई व्यवस्थापनगरि यसलाई उचित सदुपयोगगरि आर्थिक उपार्जन गर्न सकिने र गाउँनगर सफा र सुन्दर आर्कषक बनाउन सहयोग पुग्ने अभियानका क्रममा अभियानकर्ता विद्यार्थी अन्जली पौडेल क्षेत्रीले जानकारी गराएकी थिईन् ।
सो कार्यक्रममा सोहि वडाका वडाअध्यक्ष कृष्णप्रसाद लामिछानेले यो अभियानले गाउँनगरलाई सफा सुन्दर र स्वस्थ्य बनाउन सहजहुने विश्वास व्यक्त गरेका थिए ।पर्यटकिय गन्तव्य, अग्ला झोलुङ्गेपुल, गुफा, तथा पिकनिक स्पोर्ट भएको तथा सहरउम्मुख ठाउँ भएकाले फोहोर व्यवस्थापन गर्न नसक्दा सडकका छेउछाऊ, घरवरीपरि, खेतबारीहरुमा प्रसस्त फहोरो देखिने गरेकोले यसलाई व्यवस्थापन गर्न अभियानले सचेत गराउन सहयोगपुग्ने वडावासीहरुको भनाई छ ।