आज प्रतिनिधिसभा विघटनको विरोधमा काँग्रेसले देशभरीका वडाहरुमा प्रदर्शन गर्नेछ ।
असंवैधानिक रुपमा भएको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शनको आयोजना गरेको नेपाली काँंग्रेसले जनाएको छ ।
वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर सफल बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेको छ ।
प्रतिक्रिया दिनुहोस