भारतले जित्यो टेष्ट सिरिज

चौथौ टेष्ट ३ विकेटले जित्दै भारतले अस्ट्रेलिया विरुद्धको टेष्ट सिरिज २-१ ले जितेको छ ।

पहिलो टेष्ट अस्ट्रेलियाले जितेको थियो भने दोस्रो सेट भारतले जितेको थियो । यस्तै तेस्रो सेट बराबरी भएको थियो ।

चौथो टेष्टमा ३२८ रनको लक्ष्य पछ्याएको भारतले ९७ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो ।

पहिलो इनिङ्समा ३३ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो इनिङ्समा २९४ रन बनाउँदै भारतलाई ३२८ रनको लक्ष्य दिएको हो । रिषव पन्त खेलको म्यान अफ दि म्याच घोषित भए । यस्तै अस्ट्रेलियाका प्याट कमिङ्स प्लेअर अफ दि सिरिज घोषित भए ।

बोर्डर गावास्कर सिरिज जितेपछि भारत आईसीसी टेष्ट वरीयतामा दोस्रो स्थानमा उक्लेको छ भने अस्ट्रेलिया तेस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस